‘पुन्टे परेड’को प्रोमो सार्वजनिक…." बिहे हैन हामी त् मोज मात्रै गर्ने हो " (भिडियो )

श्रावन २ गते बाट प्रदर्शन आउन लागेको चलचित्र ‘पुन्टे परेड’को प्रोमो सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमको बिच चलचित्र ‘पुन्टे परेड’को प्रोमो सार्वजनिक गरिएको हो ।

punte pared 11

फिल्ममा प्रोमो लन्च समारोह मा बोल्दै नायक संयम पुरीले यो आफ्नो शायद पछिको दोस्रो फिल्म भएकोले गर्दा आफु निकै आशाबादी रहेको बताए . ‘यस्मा मैले टिन एजर्स को भूमिकामा देखिएको छु र यस फिल्ममा मैले तमाम ति युवाको यस बेलामा मनबाट उत्पन्न हुने चर्तिकला देखाएको ‘ संयमले बताए . ‘छोटो भय पनि आफु यस फिल्ममा रोचक भूमिकामा प्रसतुत भएको छु प्रियंका कार्कीले बताइन . आफुले यस फिल्ममा युवाको भावनालाई प्रस्तुत भएको निर्देशक सुबास कोइरालाले  फिल्म हेरे पछी युवाले त्यो कथामा आफुलाई पाउनु बताउनु भयो  ।”पुन्टे परेड’ कमेडी चलचित्र हो जसमा  एसएलसी पास गरेर कलेज पढन गएको युवाहरुको कथालाई मनोरन्जनात्मक रुपले प्रस्तुत गरिएको छ . यस फिल्मले टिन एजर्सले सोच्ने सोचाईबाट उत्पन्न हुने समस्यालाई यस चलचित्र मार्फत प्रस्तुत गरिएको छ  ।

 प्रोमो हेर्नुहोस:

साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा.लि .ब्यानरमा  सुरज कोइराला , अनिल अधिकारी र हरि महतले मिलेर निर्माण गरिएको चलचित्र  ‘पुन्टे परेडलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि , नाजिर हुसेन , सरोज श्रेष्ठ , स्वेता थापा लगायतको अभिनय रहेको यस चलचित्रमा   प्रियंका कार्की.बिशेष भूमिकामा देखिदै छिन्   ।निलु डोमा शेर्पाको परिकल्पना रहेको फिल्मको  कथा ,पटकथा तथा संबाद शान बस्न्यातले लेखेका हुन  भने संगीत ताराप्रकास लिम्बु / टेक नन्द लामाको ,छायांकन बाबु श्रेष्ठको , सम्पादन उजवल ढकालको रहेको छ ।

punte pared 11

Namaste Filmy

Read Previous

टुङिगयो अजय र शाहरुखको दुश्मनी । रणवीर र कैटबीच झगडा ।

Read Next

‘शहर’ जेष्ठ ३१ देखि, दोस्रो संस्करण निर्माणको घोषणा