‘शहर’ जेष्ठ ३१ देखि, दोस्रो संस्करण निर्माणको घोषणा

सुसन घिमिरे ,पोखरा २८, जेष्ठ
फलानो क्रियशनले निर्माण गरेको टि.भी फिल्म ‘शहर’ को दोस्रो संस्करण पनि निर्माण गर्ने घोषणा गरीएको छ । बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराइएको हो । ‘शहर’ को पहिलो संस्करण यही जेष्ठ ३१ गते देखि प्रसारण हुदैछ । पत्रकार सम्मेलनमा पहिलो संस्करण प्रसारणको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराइएको छ ।
sahar
पोखराको गण्डकी टेलिभिजन मार्फत हरेक शनिबार राती पौने नौ बजे साप्ताहिक रुपमा आगामि छ महिना सम्म ‘शहर’ प्रशारण हुनेछ । पोखरामा पनि ब्यबशायिक टि.भी फिल्म निर्माण सम्भब भएको बताउदै ‘शहर’ का लेखक तथा निर्देशक अपिल त्रिपाठीले दोस्रो संस्करण निर्माण गर्ने औपचारीक घोषणा गरेका हुन । निर्देशक त्रिपाठीले भने –“पोखरामा केही चुनौतिका बाबजुत टि.भी फिल्म निर्माणका थुप्रै संभाबना देखेका छौ, त्यसैले ‘शहर’ को दोस्रो संस्करणमा जाने निर्णयमा पुगेका हौ । ”शहरका सामान्य मानिसका कथा भन्ने ‘शहर’ को प्रस्तुतिमा दर्शकले स्थानियता पाउने निर्माण पक्षको भनाई छ । ‘शहर’ टेलिभिजनका दर्शकका लागी राम्रो खुराक बन्ने उनको भनाई थियो । सोही पत्रकार सम्मेलन मार्फत ‘शहर’ को प्रोमो र शिर्ष गितको औपचारीक सार्वजनिक गरीएको थियो । कार्यक्रममा बोल्दै संचारकर्मी संजय मल्लले प्रोमो र गित राम्रो बनेको बताउदै बिषयबस्तु र प्रस्तुतिका हिसाबले ‘शहर’ फरक रहेको बताए ।
sahar1
गण्डकी मिडिया हाउसका प्रबन्धक राज शर्माले ‘शहर’ मनोरञ्जनका साथै नागरीक सचेतनाको लागी समेत सहयोगी हुने धारणा राखे । कार्यक्रममा कलाकारहरु निरज पन्त, दिपक परीयार, रामचन्द्र राई लगायतले बोलेका थिए । गण्डकी टेलिभिजन संगको सहकार्यमा निर्माण भएको टि.भी फिल्म ‘शहर’ मा सरोज अधिकारीको छायङ्कन र सुवास अम्गाईको सम्पादन रहेको छ । ‘शहर’ मा मिलन थापा, श्री पाण्डे, निरज पन्त, दिपक परीयार, सन्तोष परीयार, रामचन्द्र राई, सजीना क्षेत्री, ध्रुव थापा, आकाश दाहाल, संजिता खनाल, निरज कार्की लगायतका कलाकारले अभिनय गरेका छन ।

Namaste Filmy

Read Previous

‘पुन्टे परेड’को प्रोमो सार्वजनिक…." बिहे हैन हामी त् मोज मात्रै गर्ने हो " (भिडियो )

Read Next

साउन १६ मा ‘मेरो भ्यालेन्टाइन’आउने