साउन १६ मा ‘मेरो भ्यालेन्टाइन’आउने

गएको वर्ष नै  प्रदर्शन गर्ने भनिएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’अब भने रिलिज हुने भएको छ ।  साउन १६ गते प्रदर्शन आउन लागेको  ‘मेरो भ्यालेन्टाइन’नया पोस्टर सार्वजनिक सगै प्रदर्शन मिति तय गरिएको छ ।
MV_POSTER_NEP_04सफल निर्देशक सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा तयार भएको  ‘मेरो भ्यालेन्टाइन’लाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् ।बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारको अभिनय रहेको चलचित्रकि नायिका सुस्मिता ढकाल  भने चलचित्र प्रदर्शन अघि नै पदनको लागि अस्ट्रेलिया तिर लागेकी छिन्  ।चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन तथा सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ ।लव स्टोरी चलचित्र ‘मेरो भ्यालेन्टाइन’रिलिजको लागि निर्माता सुशिल श्रेष्ठले अब छिट्टै पब्लिसिटी सुरु गर्नुको साथै देशका मुख्य मुख्य सहरमा प्रचार  प्रसारको लागि चलचित्र युनिट जाने समेत बताउनु भयो ।

Namaste Filmy

Read Previous

‘शहर’ जेष्ठ ३१ देखि, दोस्रो संस्करण निर्माणको घोषणा

Read Next

ब्रजिलका फुटबलर जैकी श्राफकी छोरीसँग रोमान्स गर्दै ।