ब्रजिलका फुटबलर जैकी श्राफकी छोरीसँग रोमान्स गर्दै ।

[dropcap]वि[/dropcap]श्व अहिले फुटबलमा होमिएको छ । दक्षिण अमेरिकाको ब्रजिलमा भइरहेको फुटबलले संसारकै ध्यान आफुतिर खिचेको छ । तर आफ्नै घरेलु मैदानहरुमा फुटबलको महाकुम्भ विश्वकप चलिरहदा ब्रजिलको एक फुटबलर भने मुम्बईमा रोमान्स गरिरहेका छन । उनको नाम स्पेन्सन जोनसन हुन । उनी ब्रजिलको ब्यावसायिक फुटबल ट्रेनर हुन ।  spenson jonsonपछिल्लो समय बिश्वकप छाडेर उनी मुम्बईमा छन र बलिउड अभिनेता जैकी श्राफकी छोरी सँग रोमान्स गरिरहेका छन । जैकी की छोरी अर्थात हिरोपंती स्टार टाइगर श्राफकी बहिनी कृष्णा श्राफले सोसल साइटमा रोमान्सको तस्वीर ट्वीट गरे पछि उनको ब्वायफ्रेन्डको चर्चा भएको हो ।
जोनसन र कृष्णा लामो समयदेखि रिलेसनमा रहेको बताइन्छ । विभिन्न सार्वजनिक समारोहमा समेत सँगै देखिदै आएको यी दुइको बारेमा हल्ला चल्न थालेपछि कृष्णाले सोसल साइटमार्फत आफनो प्रेम स्वीकारेकि हुन । जोनसन केहि दिन अघि टाइगरको फिल्म हिरोपंतीको सक्सेस पार्टीमा पनि कृष्णा सँगै देखिएका थिए ।
कृणा फिल्म निर्देशनमा करियर बनाउन संघर्ष गरिरहेकी छिन । जोनसन भने मुम्बई सिफ्ट हुने क्रममा रहेको बताइएको छ । उनी स्पोर्टस प्रा ली कम्पनीको म्यानेजर भएको बताइन्छ । त्यस्तै ब्रजिलका विभिन्न क्लबहरुसँग पनि उनी आवद्ध रहेका छन ।

Namaste Filmy

Read Previous

साउन १६ मा ‘मेरो भ्यालेन्टाइन’आउने

Read Next

नेपाली सेलिब्रेटीहरुको बिश्वकप क्रेज । फोटो फिचर ।