नेपाली सेलिब्रेटीहरुको बिश्वकप क्रेज । फोटो फिचर ।

[dropcap]बि[/dropcap]श्व फुटबलको महाकुम्भ विश्वकप फुटबलले संसार गर्माएको छ । यसरी चौतर्फि फुटबलको नशाले छोइसकेको बेला नेपाली सेलिब्रेटीहरु पनि यसबाट अछुत छैन । नेपालमा नाम चलेका थुप्रै सेलिब्रेटीले आफ्नो ब्यक्तिगत फेसबुक तथा ट्वीटरबाट आफ्नो फेभरेट टीमको समर्थन गरिरहेका छन । यसरी फेभरेट टीम तथा देशको जर्सी लगाएर सार्वजनिक गरिएको विभिन्न सेलेब्रेटीको तस्वीरहरु हामीले प्रकाशित गरेका छौ ।

keki-inनायिका केकी अधिकारी अर्जेन्टिनाका समर्थक हुन । उनले अर्जेनटाइन जर्सीमा तस्वीर रीलिज गरेकी छिन ।

malina-in1हिरोइन मलिना जोशी ब्रजिलका फ्यान हुन । उनि पनि ब्रजिलको जर्सीमा सार्वजनिक भएकी छिन । deepa-inचर्चित हास्यकलाकार द्धय दिपकराज गिरी र दिपाश्रीको अलग अलग रोजाई छन । दिपक अर्जेन्टिना समर्थक हुन भने दिपा ब्रजिलको कट्टर समर्थक हुन । Bimal adhikariचर्चित मोडल बिमल अधिकारी ब्रजिल समर्थक हुन । उनले यसपटकको बिश्वकप ब्रजिलले जित्ने दाबीका साथ फेसबुकमा तस्वीर पोस्ट गरेका छन । Badal prasaiगायक तथा मोडल बादल प्रसाई पनि ब्रजिल फ्यान हुन । उनले पनि ब्रजिलले नै जित्ने दाबी गरेका छन ।tito-inहाँस्यकलाकारद्धय ज्योती काफ्ले र उत्तम केसी क्रमश अर्जेन्टिना र ब्रजिलका समर्थक हुन । उनीहरु तितो सत्यमा पनि फेभरेट टीमको समर्थनमा उत्रिनेछन । Archana delalनायिका अर्चना देलाल भने पोर्चूगलको समर्थक हुन । उनले पोर्चुगलको समर्थनमा फोटो शुट गराएकी छिन ।Khusbu khadkaत्यस्तै मोडल खुश्बु खडकाले अर्जेन्टिनालाई समर्थन गरेकी छिन । उनले पनि अजेन्टाइन जर्सीमा हट फोटो खिचाएकी छिन ।

यसबाहेक नायिका ऋचा शर्मा जर्मनीको डाइहार्ट फ्यान हुन भने नायिका नम्रता श्रेष्ठ स्पेन समर्थक हुन । त्यस्तै फिल्म निर्देशक हिमग्याप टासी भने अर्जेन्टिनाका समर्थक हुन ।

Namaste Filmy

Read Previous

ब्रजिलका फुटबलर जैकी श्राफकी छोरीसँग रोमान्स गर्दै ।

Read Next

फ्राइडे रिलिज : ‘मुखौटा’