तामाङ चलचित्रको प्रचारप्रसारमा तामाङ चलचित्रकर्मीहरु

राजेन्द्र कार्की
वर्षको दर्जन जति तामाङ भाषाका चलचित्रहरु निर्माण हुने गरेता पनि तामाङ्ग समुदाय भित्र नै आफ्नै भाषाको चलचित्र प्रति सन्तोष जनक आकर्षण रहेको अवस्था भने छैन । यसै उदासीनतालाई मध्यनजर गर्दै तामाङ्ग बाहुल्यता रहेको क्षेत्रहरुमा कम्तिमा महिनाको एक दिन मात्र भएपनि नियमितरुपमा तामाङ्ग भाषी चलचित्रहरु प्रर्दशन गर्न/गराउनका लागि तामाङ्ग भाषी चलचित्रकर्मीहरु लागिपरिरहेका छन् । यसैक्रममा मकवानपुर जिल्लाको हेटौंडा स्थित ओम चलचित्र मन्दिरमा प्रत्येक महिनाको अन्तिम विहिवार नियमित तिन सो तामाङ्ग चलचित्र प्रर्दशनको ब्यवस्थाका लागि ती युवा चलचित्रकर्मीहरु लागि परेका हुन । प्रचासप्रसारको अभियानको क्रममा रहेका चलचित्रकर्मी तथा नेपाल तामाङ्ग घेतुङ्ग संघ मकवानपुरका अध्यक्ष मेम्वर लो भन्नु हुन्छ “चलचित्रकै माध्यमबाट समेत कतिपय राम्रा विषयहरुलाई आत्मसाथ गर्न सकिन्छ भने नकारात्मक विषयहरुलाई त्याग्न समेत सकिन्छ ।
10456214_500107066786003_266279082_n
साथै आफ्नो जाति, भाषा, धर्म, भेषभुषा लगायतका संस्कृतिहरुलाई जीवन्त राख्दै ब्यवहारमा ल्याउन समेत उत्प्रेरित गर्ने काम गर्दछ । त्यहि उद्देश्यबाट प्रेरित भएर हामीले यो अभियान थालेका छौं । सबैको सद्भाव र सहयोगबाट यो अभियानलाई अन्य जिल्लाहरुमा समेत विस्तार गर्ने लक्ष्य लिएका छौं ।” यसै दौरानमा हिजो महिनाको अन्तिम विहिवारको अवसरमा तामाङ्ग भाषी चलचित्र “खसु न्हाङ््ग्ला दिनी”( बादल भित्रका घाम)को प्रर्दशन गरिएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा नायक टूल्साङ्ग लामा समेत प्रर्दशनको क्रममा दर्शक माझ उपस्थित भएका थिए । नेपाली भाषामा वादलभित्रको घाम अर्थ लाग्ने उक्त चलचित्रको मुख्य भाव अध्याँरो जीवन भित्र पनि उज्याला पक्षहरुको खोजीमा लाग्नु पर्ने रहेको छ । खास गरी युवा उमेरमा प्रवेश सँगसँगै देखासिकी र लहडमा गरिने कुरकुरे प्रेम र त्यसका परिणामहरु कत्तिको नकारात्मक हुन्छ भनेर युवाहरुलाई त्यसबाट सचेत रहने सन्देश चलचित्रले दिन खोजिएको छ । मकवानपुर, चितवन, नुवाकोट, काभ्रे, सिन्धुली, गोरखा लगायतका पहाडी जिल्ला र बाङ्लो जंगल क्षेत्र वरपर वसोवास गर्दै आइरहेका तामाङ्ग जातिहरुलाई वनसम्पदाहरुको संरक्षण र संम्बर्धन गर्न उत्पेरित गरिएको छ । वातावरणमा ह्रास हुनबाट जोगाउन सकेमा र वन क्षेत्र लगायत प्राकृतिक सम्पदाहरुको जर्गेनाबाट समाजिक र आर्थिक जीवन सुरक्षित गराउन सकिन्छ भन्ने समाजलाई सन्देश दिन समेत चलचित्र उर्धत रहेको छ ।

तामाङ्ग चलचित्र संघकी उपाध्यक्ष, तामाङ्ग चलचित्रकै पहिलो महिला निर्देशक तथा वर्ष २०७०को तामाङ्ग चलचित्रकी उत्कृष्ट नायिकाको सम्मान प्राप्त सुकुमाया मोक्तान चलचित्रकी नायिका हुन । चलचित्रका अन्य कलाकारहरुमा राजु लामा“झकास्”, प्रितम तामाङ्ग, शंख बहादुर थिङ्ग, अमर लामा लगायतका रहेका छन । चन्दा फिल्मस्को सौगात रहेको यस चलचित्रका पटकथा÷संवाद÷निर्देशन सुजन लामाको रहेको छ । शंकर महर्जनको द्धन्द्ध रहेको चलचित्रमा संगीतकार सोम बहादुर तामाङ्ग, छायाँकार रामेश्वर जिरेल छन । चलचित्रको सह निर्देशनको जिम्मेवारी हेम बोम्जनले बहन गरेका छन ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘मुखौटा’

Read Next

‘मेरो भ्यालेन्टाइन’को गीत सार्वजनिक (भिडियो)