‘मेरो भ्यालेन्टाइन’को गीत सार्वजनिक (भिडियो)

सफल निर्देशक सुरज सुब्बा ‘नाल्बो’को निर्देशन रहेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’को नया गीत सार्वजनिक गरिएको छ ।निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले सामजिक संजाल युटुब मार्फत सार्वजनिक गर्नु भएको “के भयो कहाँ गयो” बोलको गीतलाई बाबु बोगटीले लेख्नु संगीत दिनुको साथै आवाज पनि दिएका हुन् ।
Picture1
सुशिल श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ यहि साउन १६ गते प्रदर्शन आउन लागेको छ ।बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारको चलचित्रमा मुख्य अभिनय रहेको छ ।चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन तथा सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ ।निर्देशक सुरज सुब्बा ‘नाल्बो’को स्क्रिप्ट रहेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा एक्शन रोशन श्रेष्ठको रहेको छ ।

  गीत हेर्नुहोस


 

Namaste Filmy

Read Previous

तामाङ चलचित्रको प्रचारप्रसारमा तामाङ चलचित्रकर्मीहरु

Read Next

गरिमा पन्तलाई आफु भन्दा बढी माया जीवन लुइटेललाई गरेको आरोप (भिडियो )