गरिमा पन्तलाई आफु भन्दा बढी माया जीवन लुइटेललाई गरेको आरोप (भिडियो )

निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र “ठुली”को नया सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको “आरोप छ मलाई म तिमीलाई आफु भन्दा बढी माया गर्छु अरे”बोलको गीतलाई निर्देशक एभरेस्ट सुर्य बोहोराले लेख्नु भएको हो भने राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ ।

namastefilmy

बसन्त सापकोटाको संगीत र बसन्त श्रेष्ठको नुत्य रहेको चलचित्र “ठुली”को यस अघि सार्वजनिक गीत “मेरो लाउरे आउछ रे यही जेठ मा धेरै कुरा गर्नु छ त्यही भेटमा”अहिले बजारमा राम्रै चर्चा पाउनुको साथै सबैले मन पराएका छन् ।एभरेष्ट कलायात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्तले निर्माण गरेको चलचित्र “ठुली” कार्यकारी निर्माता सुनिल बस्नेत हुन ।

भिडियो हेर्नुहोश:

 

नारी प्रधान फिल्म ‘ठुली’ मा जीवन लुइटेल , गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहारी लगायतको अभिनय रहेको छ । समाजमा विद्यमान विभिन्न कुरितिको विरुद्धको फिल्म ठुली निर्माण सुरु भएदेखि नै सबैले चासो दिएको फिल्म हो । यसकारण फिल्म बर्षकै प्रतिक्षित फिल्मको सुचीमा परिसकेको छ ।यता सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट हिरोइन बनेर राष्ट्रपतिबाट सम्मान तथा बधाई पाएकी गरिमा र पछिल्लो केहि बर्ष सर्वत्र रुचाइएको हिरो जीवन लुइटेलको जोडीलाई दर्शकले रुचाउने मा फिल्मका निर्देशक सुर्य बोहोरा ढुक्क छन ।हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा यहि भाद्र ६ गते बाट चलचित्र ‘ठुली “अलनेपाल रिलिजको तयारीमा रहेको छ ।

Namaste Filmy

Read Previous

‘मेरो भ्यालेन्टाइन’को गीत सार्वजनिक (भिडियो)

Read Next

सुरेश दर्पणको निर्देशनमा रुप फेरिन करिश्माले । भिडियो ।