सुरेश दर्पणको निर्देशनमा रुप फेरिन करिश्माले । भिडियो ।

[dropcap]फि[/dropcap]ल्म निर्देशक सुरेश दर्पण पोखरेलले सुन्दरी अभिनेत्री करिश्मा मानन्धरलाई लिएर एक म्युजिक भिडियो निर्देशन गरेका छन् । भिडियोमा करिश्मालाई सन् १९७० को दशकको क्यारेक्टरमा उतार्ने प्रयत्न गरेको निर्देशक पोखरेलले बताए । Kareeshma manandharप्रनिश मास्केको स्वर रहेको ‘जुन तारासँगै रातमा आउँछु’ बोलको गीतलाई निर्देशक पोखरेलले यसै साता गोदावरीमा सुट गरेका हुन । कमल राईको नृत्य निर्देशनमा हरि हुमागाईंको छायाँकन रहेको उक्त भिडियोमा नेपाली फिल्मकी चर्चित फेसन स्टाइलिस नीलिमा शर्माको कस्टुम डिजाईन छ । सुन्दरताका कारण प्राय चर्चा मा रहिरहने कारीश्मा यो म्युजिक भिडियोमा पनि अत्यन्तै सुन्दर देखिएकी छिन । हाल उनी अभिनीत फिल्म वान वे प्रदर्शनको लागी तयार छ भने नयाँ फिल्म हिरोज छयांकनमा छ ।
यता निशाना, कसलाई दिउँ यो जोवन, मिस यु, थ्री लभर्स जस्ता फिल्म निर्देशन गरेका निर्देशक पोखरेल पछिल्लो समय भने फिल्म निर्देशनमा निस्क्रिय छन् ।  हाल उनी केन्द्रिय चलचित्र जाच समिती मा बोर्ड सदश्य का रुपमा कृयाशिल छन ।

Namaste Filmy

Read Previous

गरिमा पन्तलाई आफु भन्दा बढी माया जीवन लुइटेललाई गरेको आरोप (भिडियो )

Read Next

बार्सिलोनामा पक्राऊ परे बिराट र अनुष्का ।