बार्सिलोनामा पक्राऊ परे बिराट र अनुष्का ।

[dropcap][/dropcap]लिउड नायिका अनुष्का शर्मा र क्रिकेट स्टार बिराट कोहली स्पेनको बार्सिलोनामा पक्राऊ परेका छन । उनीहरु कुनै अपराध वा गलत काम गरेका कारण पक्राउ परेका भने होइनन । बार्सिलोनमा लुकिछिपी डेटिङमा रमाइरहेका यी दुईलाई फ्यानले फेला पारेका हुन ।birat and anuskaवास्तवमा बिराट आफु बार्सिलोनामा रहेको कुरा कसैलाई थाहा दिन चाहदैनथे । गोप्य रुपमै अनुष्कासँग रोमान्सको लागी बार्सिलोनामा रहेका उनलाई एक होटलमा फ्यानले चिनेका हुन । उक्त फ्यानले बिराट र अनुष्का गोप्य डेटमा रहेको कुरा हावासरी फैलाइदिएपछि उनीहरुको गाप्य रोमान्सको पर्दाफास भएको हो । बिराट अनुष्का बार्सिलोनामै रहेको मौका पारी घुम्न तथा गर्लफ्रेन्ड भेट्न बार्सिलोना पुगेका थिए ।
अनुष्का भने जोया अख्तरको फिल्म दिल धडकने दो को सुटिङका लागी केहि दिनअघि नै युरोप पुगेका थिए । उनी फिल्मको छयांकनमा बार्सिलोनमा ब्यस्त छिन । यता बिराट आजभोली पुर्ण रुपमा छुट्टिमा छन । उनी बंगलादेशमा हुने वान डे सिरीजको लागी भारतीय टोलीमा परेका छैनन ।

Namaste Filmy

Read Previous

सुरेश दर्पणको निर्देशनमा रुप फेरिन करिश्माले । भिडियो ।

Read Next

'एक्स्पोज स्क्यान्डलमा फस्नुपरेको छैन' : हार्षिका श्रेष्ठ, नायिका ।