नेपाली मोडलले सार्वजनिक गरिन आफ्नै नग्न तस्वीर ।

[dropcap]यु[/dropcap]रोप तथा अमेरिकातिर सेलेब्रेटीले संवेदनशील अंग देख्ने गरी पहिरन लगाउने, नग्न फोटोहरु सार्वजनिक गर्ने जस्ता कार्यहरु सामन्य जस्तै छन । नाम चलेका स्टारहरुको बेलाबेलामा यस्तै स्क्यान्डलका कारण चर्चा बढ्ने गरेको छ । यता नेपाली समाजले भने यस्ता क्रियाकलापलाई पचाइसकेको अवस्था छैन । तर एक नेपाली मोडलले यस्तै नग्न तस्वीर समाजिक सञ्जालमार्फत सार्वजनिक गरेर सनसनी मच्चाएकी छिन ।Tirshna budhathoki-inउनी हुन तिर्सना बुढाथोकी । केहि नेपाली म्युजिक भिडियो तथा बिज्ञापनमा अभिनय गरिसकेकी तिर्सनाले शुक्रबार आफ्नो फेसबुक एकाउन्टमा नुहाइरहेको नग्न तस्वीर अपलोड गरेकी हुन । उनको यो तस्वीरमा कयौ नकरात्मक टिप्पणीहरु भएका छन भने कतिपयले यो उनको ब्यक्तिगत अधिकारको कुरा भनेका छन । तर उनको यो हर्कतले नेपालीहरु पनि बिनासङकोच खुल्न चाहेको प्रस्ट देखिन्छ ।
तिर्सनाले नुहाउदै गरेको साबुनसहितको तस्वीर सार्वजनिक गर्दै काठमण्डौको गर्मीबाट छुटकारा पाउने राम्रो उपाय लेखेकी छिन । उनको शरिरमा कुनै पनि बस्त्र देखिदैन भने शरिरको तल्लो भाग पनि तस्वीरमा देखिएको छैन । तिर्सनाले यसअघि नेपाली क्रिकेट टोलीको जर्सी लगाएर हट फोटोसेसन गराउदा पनि निकै चर्चा पाएकी थिइन । उनलाई बलिउड हट गर्ल पुनम पाण्डेसँग दाँज्ने गरिन्छ ।

Namaste Filmy

Read Previous

'एक्स्पोज स्क्यान्डलमा फस्नुपरेको छैन' : हार्षिका श्रेष्ठ, नायिका ।

Read Next

फिल्मकर्मीलाई सम्मानसँगै 'निशानी'को च्यारिटी ।