क्रिटिक्स अवार्डमा 'बधशाला' बन्यो, उत्कृष्ट फिल्म ।

[dropcap]ने[/dropcap]पाल चलचित्र समिक्षक समाज फिक्सन को आयोजनामा बितरण गर्न लागिएको क्रिटिक्स अवार्डका लागी फिल्म बधशाला उत्कृष्ट फिल्म घोषित भएको छ । गत बर्ष भरी रिलिज भएका करिब एक सय फिल्महरुबाट बधशाला उत्कृष्ट बनेको हो । badhshala nepali movie-inयुद्धकालको कथा समेटिएको यसै फिल्मबाट शैलेन्द्र कार्की उत्कृष्ट छयाँकार घोषित भएका छन । त्यस्तै सार्वोत्कृष्ट अभिनेतामा फिल्म मोक्षबाट कोशिस क्षेत्री चुनिएका छन भने फिल्म उमाबाट नायिका ऋचा शर्मा सार्वोत्कृष्ट अभिनेत्री बनेकी छिन ।
उत्कृष्ट निर्देशक भने फिल्म साँघुरोबाट जोयस पाण्डे घोषित भएका छन । गरिबी र यौन मनोविज्ञानको कथा साँघुरोबाटै बिनोद पौडेल उत्कृष्ट स्कृप्टराइटर घोषित भएका छन । सर्वोत्कृष्ट सम्पादनको अवार्ड भने फिल्म कर्कश बाट लोकेश बज्रचार्यले जितेका छन । फिक्सनले मतदानबाट बिजयी फिल्महरुको नाम मतदान गरेर छनौट गरेका हुन । अबको केहि दिनमा नै एक भव्य औपाचारिक समारोहका बीच अवार्ड बितरण गरिने बताइएको छ । क्रिटिक्स अवार्डको यो पहिलो संस्करण हो । अवार्डलाई हरेक बर्ष निरन्तरता दिइने आयोजकको जनाएको छ ।

Namaste Filmy

Read Previous

'छडके' र 'धन्दा' जस्तै जुठो स्वादको 'मुखौटा' । फिल्म समिक्षा ।

Read Next

हेर्नुहोस सलमान खानको 'किक' । ट्रेलर तथा पोस्टर रिलिज ।