हेर्नुहोस सलमान खानको 'किक' । ट्रेलर तथा पोस्टर रिलिज ।

kick_s_hindi movie[dropcap][/dropcap]लिउड नायक सलमान खान अभिनीत जुनसुकै नयाँ फिल्म दर्शकहरुको लागी प्रतिक्षित फिल्म बन्ने गर्छ । यस्तै प्रतिक्षित फिल्ममध्येको एक फिल्म किक को फस्टलुक ट्रेलर तथा पोस्टर रिलिज गरिएको छ । किकको ट्रेलर मात्रै हेर्नका लागी पनि उनका फ्यानहरु निकै आतुर थिए ।आइतबार सामाजिक सञ्जाल ट्वीटर तथा युटुबमार्फत पहिलो पटक किकको ट्रेलर तथा पोस्टर रिलिज गरिएको हो । ट्रेलरमा सलमानले मास्क लगाइएको छ । उनले विभिन्न खतरनाक स्टन्ट हरु गरेका छन । जसबाट फिल्ममा उनको रोल सुपरहिरोको जस्तै हुन सक्ने अनुमान लगाउन सकिन्छ । फिल्ममा उनको क्यारेक्टर डेविन अर्थात शैतान रहेको बुझिएको छ । जे होस यो फिल्म पनि सलमानको यसअघि का फिल्महरु जस्तै थ्रीलर एक्सनले भरिपुर्ण हुने पक्का छ ।
पुर्णतया एक्सन र रोमान्टिक लभस्टोरीको फिल्म किक मा सलमानका अतिरिक्त जैकलिन फर्नान्डेज, रणदीप हुड्डा, जवाजुद्दीन सिद्धी लगायतको अभिनय रहेको छ । फिल्मलाई साजिद नाडियालवालाले निर्देशन गरेका हुन ।
स्मरण रहोस केहि दिनअघि पनि फिल्म किक को फस्टलुक पोस्टर रिलिज गरिएको थियो । तर उक्त पोस्टरमा भने सलमानलाई देखाइएको थिएन ।

ट्रेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

क्रिटिक्स अवार्डमा 'बधशाला' बन्यो, उत्कृष्ट फिल्म ।

Read Next

नवनारी मिडियाद्धारा नायिका गरिमा पन्त सहित ७ जनालाई सम्मान प्रदान