रेखाले किन सुदर्शनले चुमे पछि मात्रै होश खुलोस भनिन (भिडियो)

नायिका रेखा थापाको निर्माण एवं निर्देशन रहेको बहुप्रतिक्षित फिल्म ‘हिम्मतवाली’को नया गीत रिलिज गरिएको छ ।”तिमीले छोएर म बेहोश बनु”बोलको सार्वजनिक गरिएको गीतमा नायिका रेखा नायक सुदर्शन गौतमलाई देख्न सकिन्छ ।

himmatwali

दुवै हात नभएका साहसी ब्यक्ति सुदर्शन गौतमले मुख्य नायकको भूमिकामा अभिनय गरेको कारणले पनि अहिले सबै तिर चलचित्र ‘हिम्मतवाली” चर्चाको बिषय भन्न पुगेको छ ।राजेश पायल राई र मनिष पोखरेलको आवाजमा सजिएको गीतलाई बसन्त सापकोटाले संगीत दिएका हुन् भने कमल राईको नुत्य रहनुको साथै एकनारायण भण्डारीले लेखेका हुन् । यस अघि सार्वजनिक गरिएको ‘काली तिम्रो नजरैले गोली मार्यो ढिक्च्याऊ ढिक्च्याऊ’ बोलको गीतलाई दर्शक तथा स्रोतले एकदमै मन  पराएका छन् ।

भिडियो हेर्नहोस :
नायिका रेखा थापाको मुख्य  भूमिका रहेको चलचित्र ‘हिम्मतवाली’ मा  रेखा र सुदर्शन गौतमको अलाबा अभय चन्द ,पुस्कर भट्ट रविनउड सेन लगायतको कलाकारहरुको पनि अभिनय रहेको छ ।दर्शकहरुले एकदमै प्रतिक्ष्य गरि रहेको यो चलचित्र बिजय दशमीको अबसर  पारेर असोज १५ गते फूलपातीको दिन बाट प्रदर्शनमा आउदैछ ।नारी प्रधान एक्शन चलचित्र ‘हिम्मतवाली’मा चन्द् पन्तको द्वन्द्व ,छायांकन रामशरण उप्रेती,संगीत बसन्त सापकोटा र टंक बुढाथोकी,नृत्य बसन्त श्रेष्ठ र कमल राईको रहेको छ ।

Namaste Filmy

Read Previous

नवनारी मिडियाद्धारा नायिका गरिमा पन्त सहित ७ जनालाई सम्मान प्रदान

Read Next

ऋतिक रोशनको फिल्मको लागी १२५ करोडको डील ।