ऋतिक रोशनको फिल्मको लागी १२५ करोडको डील ।

[dropcap][/dropcap]लिउडमा सुपरहिरोको रुपमा परिचित ऋतिक रोशनको एक नयाँ फिल्मको लागी १२५ करोडको डिल भएको छ । यो बलिउड इतिहासमै पहिलोपटक कुनै पनि फिल्मलाई दिइएको मोटो रकम हो । hrithik-roshanहाल प्रि प्रोडक्सन चलिरहेको फिल्म ‘मोहनजोदडा’लाई बितरक कम्पनी यु टि भी पिक्चर्सले निर्माण नहुदै यति ठुलो रकम दिएको हो । यसबारेमा युटिभी ले भने कुनै प्रतिक्रिया दिइसकेको छैन । फिल्मलाई नाम चलेका निर्देशक आशुतोष गोवारिकरले निर्माण गर्दैछन । फिल्मको मुख्य कलाकार सुपरहिरो ऋतिक रोशन छन । ऋतिक बाहेक अन्य कलाकारहरुको नाम सार्वजनिक गरिएको छैन ।

स्मरण रहोस यसअघि पनि गोवरीकरको निर्देशन र ऋतिकको अभिनय रहेको फिल्म ‘जोधा अकबर’ प्रदर्शन भइसकेको छ । ऐतिहासिक कथामा निर्मीत उक्त फिल्म बक्स अफिसमा सफल मानिएको थियो । फिल्म ‘मोहनजोदडा’ पनि जोधा अकबर जस्तै ऐतिहासिक कथामा निर्माण हुदैछ । यसैबर्षको अन्तिम तिर फिल्मको छयांकन थालिनेछ ।

Namaste Filmy

Read Previous

रेखाले किन सुदर्शनले चुमे पछि मात्रै होश खुलोस भनिन (भिडियो)

Read Next

नारी हिंसा विरुद्ध ‘मिसन फोर ट्वान्टी’