नारी हिंसा विरुद्ध ‘मिसन फोर ट्वान्टी’

दयाराम दाहालले निर्देशन गर्नु भएको चलचित्र ‘मिसन फोर ट्वान्टी’ को सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । दुई दशक भन्दा बढी पत्रकारिता गरेका पत्रकार कुमार विष्टले निर्माण गरेको चलचित्र ‘मिसन फोर ट्वान्टी’ यहि असार ६ गते बाट प्रदर्शनमा आउदैछ ।misan 420 1
समाजमा जारी नारी हिंसा र शोषणको घटनालाई मुख्य बिषय बनाएर निर्माण गरिएको यस चलचित्र निर्देशक दाहालले अलि फरक र नारी हिंसा विरुद्धको फिल्म बनाएकोले चलचित्र राम्रो चल्नेमा विश्वास गरेका छन् । ‘एउटा मान्छेको माया’ नामक फिल्म निर्माण गरेका तर प्रदर्शन हुन बाकी रहेको चलचित्रका निर्माताकुमार विष्टले ‘मिसन फोर ट्वान्टी’ ले राम्रो व्यापार गर्ने आशा राखेका छन् । कार्यक्रममा बोल्दै चलचित्रकी नायिका महिमा सिलवालले पनि ‘मिसन फोर ट्वान्टी’ नारी हिंसा विरुद्धको फिल्म भएकोले चल्नेमा आफु आशाबादी रहेको बतईन।
misan 420
अनेक सपना बोकेर शहरमा संघर्ष गर्ने युवाहरुको कथामा निर्मित फिल्मलाई दयाराम दहालले निर्देशन गरेका हुन । कुशल फिल्मसको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता कुमार बिष्ट हुन । त्यस्तै निर्देशक दहाल र मन्दिल श्रेष्ठको पनि फिल्ममा लगानी रहेको छ । फिल्ममा सुमन सिहं, महिमा सिलवाल, सुनिल थापा, राजाराम पौड्याल, रबिन्द्र खड्का, निर्मल शर्मा,निर्मल सेन्चुरी, कृष्टी पौडेलको मुख्य अभिनय रहेको छ । श्याम रायमाझीले खिचेको फिल्ममा ताराप्रकाश लिम्बु, रोशन श्रेष्ठको द्धन्द रहेको छ ।

Namaste Filmy

Read Previous

ऋतिक रोशनको फिल्मको लागी १२५ करोडको डील ।

Read Next

ओम प्रतिक निर्देशित ‘यो कथा तिम्रो मेरो’ को प्रोमो सार्वजनिक