ओम प्रतिक निर्देशित ‘यो कथा तिम्रो मेरो’ को प्रोमो सार्वजनिक

ओम प्रतिकको निर्देशन रहेको चलचित्र ‘यो कथा तिम्रो मेरो’ को प्रोमो सार्वजनिक गरिएको छ । भाद्र १३ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो कथा तिम्रो मेरो’ लाई रमेश प्रजापतीले निर्माण गरेका हुन् ।

o Katha Ho Timro Mero

निर्देशक ओम प्रतिकको लेखन रहेको यस चलचित्रका कार्यकारी निर्माता  भने राम बुढाथोकी रहेका छन् ।सुमन सिंह, रबि कार्की, रिस्ता बस्नेत, रुपा राणा, गणेश उप्रेती लगायत निर्देशक प्रतिकको समेत अभिनय रहेको चलचित्र ‘यो कथा तिम्रो मेरो’ लव स्टोरी चलचित्र हो । विकास चौधरीको संगीत, सुरेश बज्रचार्यको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ ।

भिडियो हेर्नहोस :

Namaste Filmy

Read Previous

नारी हिंसा विरुद्ध ‘मिसन फोर ट्वान्टी’

Read Next

डिस्कोमा मस्ती गर्दै हर्षिका र बिकी । भिडियो ।