डिस्कोमा मस्ती गर्दै हर्षिका र बिकी । भिडियो ।

[dropcap][/dropcap]उदो असार २७ गते रिलिजको तयारीमा रहेको फिल्म नागबेलीको म्युजिकल प्रोमोस्वरुप एक डिस्को गीत रिलिज गरिएको छ । गीतमा देखाइएअनुसार नायिका हर्षिका श्रेष्ठ र विकि मल्लले खुलेरै डिस्कोमा मस्ती गरेका छन । nagbeli nepali movieएक्सपोज खासै मन नपर्ने बताउने हर्षिका यो गीतमा भने केहि हदसम्म खुलेकी छिन ।
नाम चलेको नृत्य निर्देशक गोविन्द राईले पहिलोपटक निर्देशन गरेको फिल्म नागबेलीलाई रोमियन लिम्बुले निर्माण गरेकी हुन । चेलीमाइती इन्टरनेशनल फिल्मसको ब्यानरमा निर्मित फिल्ममा हर्षिका र बिकीको अलवा दयाहाङ राई, एसराज, सुरभी जैन, सम्भव श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । नागवेलीजस्तै गरी जीवनमा आउने अनेकन घुम्तीहरुको बिषयमा तयार भएको फिल्मले युवावर्गको वास्तविक कथा बोकेको छ । फिल्मलाई बिपिन मल्ल र सुरज श्रेष्ठले सम्पादन गरेका हुन भने रामशरण उप्रेतीले खिचेका हुन । रोशन श्रेष्ठको द्धन्द, गोविन्द राई र कमल राईको नृत्य रहेको फिल्मको कथा चलचित्र समीक्षक दिपेन्द्र लामा ले लेखेका हुन ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

ओम प्रतिक निर्देशित ‘यो कथा तिम्रो मेरो’ को प्रोमो सार्वजनिक

Read Next

प्रियंका चोपडा बलिउडकै सबैभन्दा सेक्सी हिरोइन ।