'मिस नेपाल' चलेपछि 'फन्टुस' बनाउदै शुभेच्छा ।

[dropcap]फि[/dropcap]ल्म मिस नेपालले सफलता हासिल गरेपछि शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा नयाँ फिल्म निर्माण हुने भएको छ । सोमबार राजधानीमा डाकिएको ‘मिस नेपाल’ सक्सेस पार्टीमा नयाँ फिल्मको घोषणसमेत गरिएको हो ।Fantoos nepali movie-in शुभेच्छा थापाको निर्माण र राजु गिरीको निर्देशन रहने फिल्मको नाम फन्टुस’ राखिएको छ । फिल्म कमेडी लभस्टोरी हुने बताइएको छ । फिल्मको लागी शुभेच्छा थापा, शुशान्त कार्की र मनिष कार्की कलाकारका रुपमा फाइनल भैसकेका छन । यसबाहेक अन्य कलाकार तथा प्राविधिक भने फाइनल हुन बाँकी छ । विभिन्न नयाँ तथा पुराना कलाकारहरु रहने फिल्मको सुटिङ अगामी भाद्र १६ गतेबाट थालिने निर्देशक गिरीले बताए । फिल्ममा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छयांकन तथा अर्जुन पोखरेलको संगीत रहनेछ ।
यसअघि ‘मिस नेपाल’ नचले फिलम क्षेत्रबाट सन्यास लिने घोषणा गरेकि शुभेच्छाले फिल्म चलेको र आफुहरु सन्तुष्ट रहेको बताउदै नयाँ फिल्म निर्माणको घोषणा गरेकि हुन । मोफसल तथा उपत्यकामा दर्शकको राम्रै साथ पाएको फिल्मले अझैपनि केहि स्टेशनमा प्रदर्शन भइरहेको छ ।

Namaste Filmy

Read Previous

प्रियंका चोपडा बलिउडकै सबैभन्दा सेक्सी हिरोइन ।

Read Next

योगा गर्न नाङिगइन हलिउड स्टार निकोल ।