निर्माता सुनिल कुमार थापाले आमाको कुशको शव बनाई दाहसंस्कार गरे

एक वर्ष अघि भारतको केदारनाथ मन्दिरमा दर्शन गर्न जाँदा बाढीमा परी बेपत्ता भएकी आमाको एक वर्ष सम्म कुनै आत्तोपत्तो नलागे पछि निर्माता सुनिल कुमार थापा मंगलबार दाहसंस्कार गरेका छन् ।
sunil kumar
मंगलबार पशुपती आर्यघाटमा कुशको शव बनाई निर्माता सुनिल कुमार थापा र उनका भाई अनिल कुमार थापा आमाको अन्तिम दाहसंस्कार गरेका हुन् ।अनिल कुमार थापा नायिका तथा निर्मात्री शुभेच्छा थापाका पति हुन् । अभिनेत्री झरना थापा र नायिका तथा निर्मात्री शुभेच्छा थापाको ८४ वर्षिया  सासु गत वर्षको असार ३ गते नै केदारनाथ मन्दिरमा दर्शन गर्न जाँदा बाढीमा परी बेपत्ता हुनु भएको थियो।
sunil kumar 1
हिन्दु परम्परा अनुसार नै निर्माता सुनिल कुमार थापा ले आमाको १३ दिन नै जुठो बार्ने भएका छन् ।झरना थापाले निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर २’ निर्माणमा रहेका सुनिल कुमार थापाले आमाको काजकिरिया पछि चलचित्र निर्माणमा लाग्दै छन् ।तेस्तै नायिका तथा निर्मात्री शुभेच्छा थापाले सोमबार मात्रै नया चलचित्र फन्टुस’ निर्माण गर्ने घोषणा गरेकी छिन् ।

Namaste Filmy

Read Previous

योगा गर्न नाङिगइन हलिउड स्टार निकोल ।

Read Next

बाबु र निशाको ‘मेरो भ्यालेन्टाइन’ अष्ट्रेलियामा देखाइदै ।