मख्ख छिन नायिका निता ढुङ्गाना

राजेन्द्र कार्की ,फाल्गुन २, शुक्रबार
हास्यप्रधान चलचित्र ६ एकान ६ को भब्य प्रर्दशन पश्चात हिजोआज मख्ख छिन नायिका निता ढुङ्गाना । भ्याइ नभ्याइ भएको छ उनलाई चलचित्रमा समय मिलाउन । अहिले तत्काल ९ वटा चलचित्र त हातैमा छ । कुराकानीको सन्र्दभमा खुशीका साथ निता भन्छिन “मैले राम्रो काम गरे, जसका कारण चलचित्र ६ एकान ६ बाट अत्यधिक प्रशंसामात्र होइन, राम्रा राम्रा चलचित्रहरुका लागि प्रस्ताव आइसकेको छ, म त्यसको लागि तयार पनि भएकी छु ।” हाप दर्जन जति चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरेकी निता भन्छिन् “मैले जति चलचित्रमा अभिनय गरें, केहि न केहि नयाँ गरें साथै केहि न केहि उत्साही बनाउँदै लग्यो, म असफलतामा पनि हरेस खाइन, त्यसैले आज मैले राम्रो प्लेटफर्म प्राप्त गरेको महसुस गरेको छु  ।
1005025_615472608511523_1465536769_n
”ेमह जोडीको लगानी रहेको चलचित्र “साला जीन्दगी” यहि फागुण ५ गते शुभ मुर्हतका लागि तयारी भइरहेको छ । हास्य प्रधान यस चलचित्रमा पनि नायिका निता मुख्य पात्रको रुपमा देखा पर्दैछिन । अहिले उनले पाइरहेको प्रशंसाको श्रेय भने उनी आफु एक्लै लिन जाहन्दीन । यस अघि जति चलचित्रहरुमा अभिनय गर्न भ्याएकी छिन यी सबैको संयोजनका कारण नै आज प्रशंसाको पात्र बन्न सकेकी हुँ भन्छिन् । अहिले सम्म नेपाली चलचित्रमा दाग नलागेकी निताको चाहना अझै नेपाली चलचित्र क्षेत्रमा धेरै सिक्न र धेरै गर्न बाँकी रहेको धारणा पनि राख्न चाहन्छिन ।
tumblr_mpl1rlxdTs1ss3254o1_1280अभिनित्रि प्रज्ञा जोशीद्धारा निमार्ण गरिएको चलचित्र नोट बुकको गीत “गाला रातै गाला रातै……” अत्यधिक चर्चामा रहन सफल रहेको थियो । नायिका निता मख्ख पर्दै भन्छिन “एक वर्ष अघि आफैले चलाएको स्कुटी दुर्घटना भई घाईते हुँदा राम्रा राम्रा चलचित्रहरु गुमाउनु परेको चिन्ता लागिरहे पनि पनि अहिले आएर त्यस्को सबै क्षतिपूर्ति भएको मानेको छु ।” चलचित्रमा आफुले सोचेको जस्तो रोल प्राप्त गर्न नसके पनि आफुले चाहेको जस्तो अभिनय गर्दै दर्शकको मन जित्न सक्ने पनि बताउनु हुन्छ । तपाई नेपाली सिने क्षेत्रमा कुन स्थानमा पुगें जस्तो लाग्छ भन्ने प्रश्नमा भरखर आफुले गति लिन थालेको महसुस गरेकी निता भन्छिन“मैले आफुलाई कुन स्थानमा छु भन्ने भन्दा पनि सफलता तर्फ अघि बढीरहेको छु ।” किसान देखि पछिल्लो चलचित्र ६ एकान ६ सम्ममा विविध भूमिकामा अभिनय गर्ने अवसर प्राप्त भइरहँदा अझ उनी भगवानसँग प्राथना गर्छिन“ हे भगवान १ मैले जे गर्छू राम्रो गर्न पाउँ । अनि जे पाउँ त्यो फरक फरक पाउँदै जाउँ र दर्शको मन–मस्तिष्कमा बन्दै असिमित माया पाउँ ।”

Namaste Filmy

Read Previous

नायिका शुष्मा कार्की २७ बर्षमा

Read Next

झोले’ र ‘झोला’ मा दर्शक झुक्किए हल्ला सस्तो पब्लिसिटी त् हैन ?"झोले’को नयां प्रोमो सार्वजनिक