बाबु र निशाको ‘मेरो भ्यालेन्टाइन’ अष्ट्रेलियामा देखाइदै ।

[dropcap][/dropcap]उदो साउनमा अलनेपाल रिलिजको तयारीमा रहेको लभस्टोरी फिल्म मेरो भ्यालेन्टाइन अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । निर्माता शुशिल श्रेष्ठले दिएको जानकारीअनुसार अगामी १२ र १३ जुलाईमा अष्ट्रेलियाको सिडनीमा फिल्म देखाउन लागिएको हो । उनका अनुसार सिडनीको सिभिक थियटर हस्र्टभिलेमा फिल्म प्रदर्शन गरिनेछ । Mero valentin in australiyaफिल्म मेरो भ्यालेन्टाइनलाई सफल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । शुशिल श्रेष्ठको प्रस्तुतिमा सफ्ट इमेजद्धरा निर्मित फिल्ममा निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन । निर्देशक नाल्बोकै स्कृप्ट रहेको फिल्ममा शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द, बनिष शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी र स्वप्निल शर्माको संगीत र गोविन्द राई, अराज केशव र नरेन लिम्बुको नृत्य रहेको छ । फिल्मको सम्पुर्ण छयांकन काठमण्डौ तथा चितवनका विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । माया प्रेम र मित्रताको कथालाई चित्रण गरिएको फिल्मको नेपाल प्रदर्शनको मिति भने आगामी साउन १६ गते तोकिएको छ ।

Namaste Filmy

Read Previous

निर्माता सुनिल कुमार थापाले आमाको कुशको शव बनाई दाहसंस्कार गरे

Read Next

नायिका रिजु श्रेष्ठको भदौमा भाग्य परिक्षा हुदै