फुटवलको महाकुम्भमा कस्तो टेन्सन रिलिजको तयारी

राजेन्द्र कार्की
आउँदो शुक्रवार चलचित्र कस्तो टेन्सनको रिलिज हुँदैछ । शिव घिमिरेको निर्देशन रहेको कस्तो टेन्सन युवाहरुको वर्तमान समाजिक, मानसिक अवस्थालाई देखाउन खोजिएको छ ।
kasto tensan
उच्चशिक्षा हासिल गर्ने उच्च अभिलाषाका साथ गाउँबाट बाबुआमाको आर्शिवाद लिदै सुनौला दिनहरुको कल्पनाका साथमा शहर पसेका युवाहरु आर्थिक अभावका साथै समस्यानै समस्याको भूमरीमा फस्नु पर्दाको अवस्थालाई चलचित्रको पर्दामा उत्राने प्रयास निर्देशक घिमिरेको रहेको छ । अधिर्काश गरिबी रहेको हाम्रो देशका युवाहरुको भोगाईले युवा दर्शकहरुलाई चलचित्रले आकर्षण गर्ने संभावना प्रभव रहेको देखिन्छ ।

बहुकलाकार तथा अत्यधिक प्रचारप्रसार गरिएको चलचित्र मुखौटाले राम्रो ब्यापार गर्न नसके पछि चलचित्र निर्माताहरु निराश भइरहेका अवस्थामा चलचित्र टेन्सनले भने राम्रो ब्यापार गर्ने आशा निर्देशक घिमिरेको रहेको छ । सुपारी, खेताला जस्ता चलचित्रहरुको निर्देशन गरिसकनु भएका निर्देशक घिमिरे भन्नु हुन्छ “वर्तमान युवाहरुको कथाब्यथा समेटिएको चलचित्र भएका कारण यसले राम्रो ब्यापार गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं ।”चलचित्रका कलाकारहरुमा राज क्षितिज, विनिता घिमिरे, मनिषा दाहाल, आनन्द पुन, राज गजमेर, ओम क्षेत्री लगायतका रहेका छन । फुटवलको कुम्भमेलाको समयमा चलचित्र टेन्सनलाई पनि महाको टेन्सन नै पार गर्नु पर्ने हुन्छ ।

Namaste Filmy

Read Previous

नायिका रिजु श्रेष्ठको भदौमा भाग्य परिक्षा हुदै

Read Next

'अझै पनि"को सुटिङ सकिए लगतै ईन्डक्ल्याप पार्टी