'अझै पनि"को सुटिङ सकिए लगतै ईन्डक्ल्याप पार्टी

कष्ट्यूम डिजाईनर पुनम गौतम र सुदर्शन थापाले मिलेर निर्माण गरिएको चलचित्र ‘अझै पनि”को सुटिङ सकिएको छ ।४४ दिन सम्म सुटिङ गरिएको चलचित्र ‘अझै पनि”को मंगलबार सुटिङ सकिए लगतै ईन्डक्ल्याप पार्टी समेत दिईएको छ ।
ajai pani 2
आलोक नेम्वाङको निर्देशन रहेको चलचित्र ‘अझै पनि”लाई आलोकले ५ वर्ष निर्देशन गरेका हुन् । ‘सानो संसार’र ‘कोहि मेरो’पछि आलोकले निर्देशन ‘अझै पनि” तेस्रो चलचित्र हो ।ईन्डक्ल्याप पार्टीमा अभिनेता भुवन केसी,वितरकहरु सुनील मानन्धर, प्रदीप कुमार उदय, सुरेश दर्पण पोखरेल, गोपाल कायस्थ लगायतको उपस्थिती थियो ।
ajai pani
सोसल लभस्टोरी फर्मुला भित्र रहेर बनेको “अझै पनि”मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगाना, बिजय लामा, मिथिला शर्मा सहित रामशरण पाठक लगायतको मुख्य भूमिका रहेको छ ।फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटी र सचिन सिंको संगीत रहेको ‘अझै पनि’ लाई यही साल प्रदर्शनको लक्ष्य राखिएको छ ।
ajai pani 1

Namaste Filmy

Read Previous

फुटवलको महाकुम्भमा कस्तो टेन्सन रिलिजको तयारी

Read Next

करण जौहरको 'उंगली' 21 नवंबर रिलिज हुने