सुरज सुब्बाले मलाई डोमिनेट गरेर म निर्देशक बने :गोविन्द राई (भिडियो सहित )

सय भन्दा बढी चलचित्रमा नृत्य निर्देशक भएर काम गरेका गोविन्द राईले निर्देशन गरेको चलचित्र ‘नागबेली” प्रदर्शनको लागि तयार भएको छ ।यहि असार २७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नागबेली”को अहिले प्रचार प्रसार गरिदैछ ।चलचित्रको प्रचार प्रसारमा रहेको बेला चलचित्रका निर्देशक गोविन्द राईले आफुलाई निर्देशक सुरज सुब्बाले हेपेपछि निर्देशक बनेको भनेर दिएको अभिव्यक्तिले खुब चर्चा पाएको छ ।

govinda-rai

चलचित्र प्रोमिसको छायांकनका क्रममा सिंगापुर पुग्दा सुरजले हेपेपछि निर्देशक बनेर आउँछु भन्ने सोच उनमा आएकोले नै चलचित्र चलचित्र ‘नागबेली” निर्देशन गरेको बताए ।नेपालमा हुदा जुन व्यवहार थियो, त्यो सिंगापुर पुगेपछि बदलियो भन्दै गोविन्द राईले मैले सयै चलचित्रमा नृत्य निर्देशन गरेको मान्छेलाई चलचित्र “प्रोमिस”मा सुरज सुब्बाले हेपेपछि र सधै आफु चलचित्रमा नृत्य गर्न न सक्ने भएकोले पनि आफुले निर्देशन तिर लागेको बताए ।

गोविन्द राईले भनेको पुरा भिडियो हेर्नुहोश :

भिडियो सौजन्य :MediaNp TV
असार २७ देखि प्रर्दशनमा आउन लागेको चलचित्र “नागबेली”मा दयाहाङ राई, हर्षिका श्रेष्ठ,सुरभी जैन, सम्भव श्रेष्ठ,विक्की मल्ल, यसराज लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।चलचित्र समीक्षक दीपेन्द्र लामाको स्क्रिप्ट लेखन रहेको चलचित्र “नागबेली” निर्देशक गोविन्द राईको धर्म बहिनी रोमियन लिम्बुले निर्माण गरेकी हुन् । चलचित्र “नागबेली”मा रोशन श्रेष्ठको एक्शन रामशरण उप्रेतीको छायांकन , गोविन्द राई र कमल राई को नुत्य,बिपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन रहेको छ ।

 

Namaste Filmy

Read Previous

राजेश हमला बिना मधु एक्लै तडपिदै । मधुले हमलासगको तो पलको फोटो हेरेर चित्त बुजाऊदै

Read Next

नायिका रिचा सिंहले चलचित्र क्षेत्रलाई टाटावाइवाइ गर्दै लगन गाँठो कस्दै