नायिका रिचा सिंहले चलचित्र क्षेत्रलाई टाटावाइवाइ गर्दै लगन गाँठो कस्दै

राजेन्द्र कार्की
नाइ नभन्न’ल र म तिम्रो भैसकें लगायत दर्जन चलचित्रमा अभिनय पश्चात चलचित्र क्षेत्रबाट धेरै टाडा हुन् पुगेकी नायिका रिचा सिंह ठकुरीले लगन गाँठो कस्ने तयारी गरिरहेकी छिन । चर्चामा रहँदा रहँदै नै चलचित्रबाट टाटावाइवाइको स्थितीमा पुगेकी रिचालाई चलचित्रकर्मीहरुबाटै मानसिक तनावका दिएका कारण चलचित्र क्षेत्रबाटै टाडा रहेको अनुमान चलचित्र क्षेत्रबाट गरिएको थियो ।
richa
यी कुराहरु बाहिर ल्याउन नचाहेर नै उनी धेरै समय सम्म मिडियाको सम्पर्कमा आइरहेकी थिइनन । यथाकधा बोली हाले पनि उनले भने आफ्नो पठाइलाई अगाडि बढाउन चाहेको बताउँदै आइरहेकी थिइन । नेपाली चलचत्रि क्षेत्रमा खास गरी आफ्नै सहकर्मीहरुबाट नायिका तथा अन्य महिला कलाकारहरु यौन हिंसामा परिरहेका धेरै घटना छन । तर बाहिर भने नगन्य मात्र आउने गरेको छ । नेपाली चलचित्र क्षेत्रमा नायिकाहरु निर्माता निर्देशकहरुबाट नै शोषणमा पर्ने भएका कारण अभिभावकले नेपाली चलचित्र क्षेत्रमा छोरीेचेलीहरुलाई प्रवेश गरेको नरुचाउने प्रचलन अहिले पनि रहँदै आइरहेको छ । सेक्स्य’ल ह्रयासमेन्टमा परेता पनि नायिकाहरु यस्ता कुराहरुलाई गोप्य नै राख्दै आउन चाहन्छन । कोहि नायिकाहरु भने आफ’ चलचित्र क्षेत्रमा जमिरहने लालसाले पनि निर्माता निर्देशहरुसँग यौन सम्पर्क राख्दै आउने गरेको केहि सार्वजनिक भएको यौन भिडियोहरुबाट प्रमाणित नै हुन् गएको छ ।
हेटौंडाबाट अध्ययनको शिलशिलामा काठमाडौं आएकी रिचाले भने आफु माथी नै यस्तो घटने संभवाना बढेपछि समयमै सचेत हुदै यसक्षेत्रबाट टाडा रहेको बताउने चलचित्रकर्मीहरुको भने कमी छैन । तर नायिका रिचा भने विहेको तयारी गरिरहेकी छिन । उनको विबाह विराटनगर स्थायि घर भएका एनंआरएन गजेन्द्र थापासँग हुने पक्का भएको छ । उनको विवाह असार ६ गते सुन्धारा स्थित दियालो बैङ्म्वैटमा विवाह सम्पन्न हुने समेतको कार्यक्रम तय भइसकेको छ । ऋचा र गजेन्द्रको डेढ बर्षदेखि प्रेम सम्बन्ध थियो ।

Namaste Filmy

Read Previous

सुरज सुब्बाले मलाई डोमिनेट गरेर म निर्देशक बने :गोविन्द राई (भिडियो सहित )

Read Next

कलाकार जम्मा पारेर बाबुराम भट्टराईले भने, ‘नयाँ शक्ति बनाउन सघाउनुस्’ (फोटो फिचरमा )