फ्राइडे रिलिज : "मिसन फोर ट्वान्टी" र 'कस्तो टेन्सन"

फ्राइडे रिलिज : फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात असार ६ गते गतेबाट दुई चलचित्र “मिसन फोर ट्वान्टी” र ‘कस्तो टेन्सन” प्रदर्शनमा आएको छ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र “मिसन फोर ट्वान्टी” र ‘कस्तो टेन्सन”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )

“मिसन फोर ट्वान्टी”
mission 4 20

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र “मिसन फोर ट्वान्टी” प्रदर्शनमा आएको छ ।पुराना अनि सफल निर्देशक दयाराम दाहालले निर्देशन गरेका चलचित्र “मिसन फोर ट्वान्टी”लाई लामो समय सम्म पत्रकारिता गरेका पत्रकार कुमार विष्टले निर्माण गरेको हुन् । चलचित्रमा सुमन सिहं, महिमा सिलवाल, सुनिल थापा, राजाराम पौड्याल, रबिन्द्र खड्का, निर्मल शर्मा,निर्मल सेन्चुरी, कृष्टी पौडेल लगायतको कलाकारको मुख्य अभिनय रहेको छ । श्याम रायमाझीले खिचेको चलचित्रमा ताराप्रकाश लिम्बु, रोशन श्रेष्ठको द्धन्द रहेको छ ।चलचित्रमा निर्देशक दयाराम दाहाल र मन्दिल श्रेष्ठको पनि लगानी रहेको छ । अनेक सपना बोकेर शहरमा संघर्ष गर्ने युवाहरुको कथामा निर्मित फिल्मलाई दर्शकले मन पराउनेमा चलचित्रका निर्देशक ,निर्माता आशाबादी रहेका छन् ।

‘कस्तो टेन्सन”
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘कस्तो टेन्सन” पनि प्रदर्शनमा आएको छ ।शिव घिमिरेको निर्देशन रहेको कस्तो टेन्सन युवाहरुको वर्तमान समाजिक, मानसिक अवस्थालाई देखाउन खोजिएको छ ।चलचित्र ‘कस्तो टेन्सन” राज क्षितिज, विनिता घिमिरे, मनिषा दाहाल, आनन्द पुन, राज गजमेर, ओम क्षेत्री लगायतका कलाकारक अभिनय रहेका छ । पदम कृष्ण बानिया र नारायण मैनालीले मिलेर निर्माण गरेको चलचित्र ‘कस्तो टेन्सन” खासै प्रचार प्रसार बिना नै हलमा प्रदर्शनमा आएको हो ।चलचित्रमा राजेन्द्र श्रेष्ठको संगीत ,सम्राट बस्नेतको एक्शन रहेको छ भने फिल्मलाई निर्माता नारायण मैनालीले लेखेका हुन् ।

Namaste Filmy

Read Previous

कलाकार जम्मा पारेर बाबुराम भट्टराईले भने, ‘नयाँ शक्ति बनाउन सघाउनुस्’ (फोटो फिचरमा )

Read Next

"ठुली"को प्राबिधिक काम युद्ध स्तर हुदै डबिङ्ग सकियो