"ठुली"को प्राबिधिक काम युद्ध स्तर हुदै डबिङ्ग सकियो

राजेन्द्र कार्की ,काठमाण्डौ
चलचित्र छायाँकन कै क्रमबाट चर्चामा रहँदै आइरहेको यथार्थ तथा समाजिक कथावस्तुमा आधारित चलचित्र “ठूली”को अन्ततः डबिङ्ग कार्य समाप्त भएको छ । सिने जुन वागबजारमा गरिएको डबिङ्ग कार्य पोख्त प्राविधिक राजकृष्ण ज्यूबाट भएको हो । भाद्र ६मा रिलिज हुन लागेको चलचित्र “ठूली” प्राबिधिक कामहरु अहिले युद्ध स्तर भईरहेको छ ।jiwan luitelअत्यन्त ब्यस्त सुपरस्टार नायक जीवन लुइटेलको धाराप्रवाह संवादको डबिङ्ग पश्चात राजकृष्ण दाज्यूले समाप्तिको सिंगनल दिनु भएको हो । सुपरस्टार नायक जीवन लुइटेलले आफ्नो स्वराकंनको क्रममा धाराप्रवाह संवाद बोल्दा प्राविधिक लगायत स्टुडियामा आमन्त्रितहरु समेत दाँतले औला दवाउन बाध्य भएका थिए । सुपर स्टारको सिधा र स्पष्ट भनाइ थियो “यो शैली त ह्याविट नै भइसकेको छ, त्यसमाथी पनि यस वर्षको सबै भन्दा आशा लाग्दो चलचित्र ठूलीको लागि अलिकति एस्ट्रा ट्रिप्स पनि हो ।” वास्तवमा उहाँले चलचित्र ठूली र यसको वारेमा आफ्नो धारणा धेरै पटक मिडियाकर्मीहरु माझ राखीसक्नु भएको छ । “वास्तवमा चलचित्र “ठूली” वर्षकै उत्कृष्ट चलचित्र रहने छ” । चलचित्रमा सुपर स्टार नायक जीवन लुइटेलका अलवा अन्य कलाकारहरुमा सार्क एवार्ड बिजेता नायिका गरिमा पन्त, चर्चित संचारकर्मी रिजु श्रेष्ठ, वालकलाकार कन्चन ठकुरी, विशाल पहाडी, मन्जु पौडेल, श्रीकृष्ण वास्ताकोटी, निलिमा लगायतका रहेका छन ।सुपर निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशन रहेको चलचित्रमा संगीत बसन्त सापकोटाको रहेको छ । निर्देशक बोहराको गीतमा राजेश पायल राई, मनिषा पोख्रेल लगायतकाले स्वर दिएका छन । करिब एक करोड लगानी रहेको यस चलचित्रका प्रमुख निर्माता पुष्कर पन्त रहेका छन भने कार्यकारी निर्माता सुनिल जंग बस्नेत हुन । पोष्टरहरु सार्वजनिक भइसकेको चलचित्रको “म त मर्छु की क्या हो ठुली….” बोलको गीत पचास हजार भन्दा बढी स्रोताहरुको रोजाइमा परिसकेको छ । आउँदो भाद्र ६ गते सर्वत्र चलचित्र भब्यताका साथ रिलिजको तयारी भइरहेको छ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : "मिसन फोर ट्वान्टी" र 'कस्तो टेन्सन"

Read Next

"सत्यता" को सफलतापछि गोबिन्द प्रसाद उपाध्यायले "सत्यता-२" बजारमा ल्याउदै