"सत्यता" को सफलतापछि गोबिन्द प्रसाद उपाध्यायले "सत्यता-२" बजारमा ल्याउदै

“सत्यता” एल्बम सफलता बाट निकै खुसि भएका चर्चित तथा कर्णप्रिय शब्दका धनी गीतकार गोबिन्द प्रसाद उपाध्यायले “सत्यता-२” छिटै बजारमा ल्याउने भएका छन् ।आफ्नो पहिलो एल्बम सत्यताका सबै गीतहरु स्रोता दर्शकहरुले अत्यन्त मनपराए उनले “सत्यता-२” निकाल्न लागेका हुन् ।छोटो समयमा निकै लोकप्रियता हासिल गर्नुभएका उपाध्याय शब्दमा वास्तबिकता खोज्नुहुन्छ , जिवनका भोगाईहरुलाई शब्दमा कोर्दै मन छुने शब्द र नयापनले नै आज उहाको पहिलो एल्बम सत्यता लाई र सत्यताका गीतहरुलाई सबै नेपाली स्रोतादर्शकहरुले धेरै मन् पराउनु भएको छ.। नेपालि सांगीतिक बजारलाई हेर्दा “सत्यता” एल्बम नै गत बर्षको सुगम संगीत तर्फको सबैभन्दा चर्चामा रहेको एल्बम मानिन्छ ।
gobinda“सत्यता” एल्बम गीतकार गोबिन्द प्रसाद उपाध्यायको एकल एल्बम हो जसमा उपाध्यायको एकल शब्द र संगीतकार हरि लम्साल को संगीत रहेको छ भने एल्बम भित्र १० वटा गीत समाबेश गरिएको छ र यस एल्बमलाइ Vibes Creation ले बजारमा ल्यायको हो । एल्बम भित्र अन्जु पन्तको आवाजमा रहेको “कथा जिन्दगिको” स्वरुपराज आचार्यको ” नखाएको भए” , प्रमोद खरेलको ” बैगुनीले ” ,हरि लम्सालको ” बिश्वाश छल गरी”, , मनोजराज को “तिमी बिना एकलै” , मिलन अमात्यको “सधै भरि ” ,राजेश पायलराइको ” तिमि मेरो ” निशा देशारको “अर्कै संग ” , इन्दिरा जोशिको “पानी- पानी” र दुर्गा खरेलको आवाजमा रहेको ” तिम्रो त्यो बोलि ” बोलका सबै गीतहरु रोजाईमा परेका गीतहरु हुन।म्यूज़िक खवर म्यूज़िकले आयोजना गरेको स्रो म्यूज़िक अवार्ड २०१४ एल्बम “सत्यता”सर्वोत्कृष्ठ सुगम संगीत एल्बम को अवार्ड विजेता बन्न समेत सफल भएको छ । “सत्यता” एल्बमले विभिन्न अवार्ड STAR FM अवार्ड र Young minds entertainment अवार्डमा बर्षकै उत्कृष्ठ सुगम संगीतको एल्बमको अवार्ड हात पार्यो ।

Namaste Filmy

Read Previous

"ठुली"को प्राबिधिक काम युद्ध स्तर हुदै डबिङ्ग सकियो

Read Next

‘निशानी’ भदौ २७ मा आउने अफिसियल ट्रेलर रिलिज (भिडियो सहित )