‘निशानी’ भदौ २७ मा आउने अफिसियल ट्रेलर रिलिज (भिडियो सहित )

प्रशान्त तामाङको मुख्य अभिनय रहेको चलचित्र ‘निशानी’ भदौ २७ बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत फिल्मको प्रदर्शन मिति सार्वजनिक गरियो ।उक्त अवसरमा चलचित्रको अफिसियल ट्रेलर र संगीत पनि रिलिज गरिएको थियो ।
nisani
वीर गोर्खालीको कथालाई मुख्य विषयबस्तु बनाइएको फिल्म “निशानी”सन १९९९ मा भारत र पकिस्तानको सिमाना खालुवार र कार्गिलमा भएको युद्धमा भारततर्फबाट पकिस्तानबिरुद्ध युद्ध लडदा वीरगति प्राप्त गरेका १४ गोर्खालीहरुको बास्तविक कथामा आधारित रहेको छ ।फिल्ममा सिक्किम सरकारको अनुमतिमा केहि वास्तविक हतियारहरु समेत प्रयोग गरिएको बुझीएको छ । सिक्किम, इलाम चियाबारी, लमजुङ घलेगाऊ लगायतका स्थानहरुमा छयांकन गरिएको फिल्मलाई धरानका फिल्मकर्मी प्रेम सुब्बा ले निर्माण गरेका हुन ।
प्रोमो हेर्नुहोश :

बिनोद सेरेङको निर्देशन रहेको फिल्मलाई वीर गोर्खालीको गाथा अर्थात लाहुरेको निशानीको रुपमा लिइएको छ ।फिल्ममा इडियन आइडल प्रशान्त तामाङ को मुख्य अभिनय रहेको छ भने प्रेम सुब्बा, जयनन्द लामा, सिरु बिष्ट, कोपिला थापा, सुरज भट्ट, अनु गुरुङ, बिष्णु चेम्जोङ लगायत सिक्किममा रहेका गोर्खाली सेनाको समेत अभिनय रहेको छ ।सिनाई कमर्सियल प्रा लिको प्रस्तुति रहेको फिल्ममा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङ लगायतको लगानी रहेको छ । फिल्ममा बिनोद सेरेङकै कथा, संवाद रहेको छ भने उभराज राई को छायांकन , जनक गुरुङको द्धन्द, बि बि अनुरागीको संगीत, गोविन्द राई र शिव शर्माको नृत्य, विपिन र सुरज, स्वं. साम्भा पटिल को मेकअप रहेको छ ।

Namaste Filmy

Read Previous

"सत्यता" को सफलतापछि गोबिन्द प्रसाद उपाध्यायले "सत्यता-२" बजारमा ल्याउदै

Read Next

सलमान खान अभिनीत चलचित्र " किक "को गीत रिलिज (भिडियो सहित )