"आभाष"को छायांकन धमाधम सत्तरी प्रतिशत सुटिंग सकियो

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चरर्सको प्रस्तुतीमा निर्माण भई रहेको चलचित्र “आभाष”को अहिले धमाधम सुटिंग भई रहेको छ । एक हप्ता पोखराकोmसुटिंग पछि अहिले चलचित्र “आभाष”को अहिले काठमाण्डौमा धमाधम छायांकन भई रहेको छ ।
avass_nकरिब सत्तरी प्रतिशत छायांकन सकिएको यस चलचित्रको सुटिंगको लागि केहि दिनमा चलचित्र युनिट मुडे तिर लाग्ने भएको छ ।सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्र “आभाष”लाई गोविन्द शाही र दिपक शाहीले मिलेर निर्माण गरेका हुन् ।चलचित्र सुटिंग हुनु भन्दा अघि सुनिल रावलसमेत लगानी रहने भनिएको सो चलचित्रको अन्तिम समयमा आएर सुनिल रावल आफ्नै चलचित्र निर्माणमा व्यस्त हुने भए पछि गोविन्द शाही र दिपक शाहीले मात्रै “आभाष”मा लगानी गरेका हुन् ।
avass1_nचलचित्र “आभाष’मा निशा अधिकारी,सुनिल रावल,सलोन बस्नेत,संयम पुरी, ,आश्मा डिसी,प्रकिति श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।चलचित्रको मुहुर्तमा प्रियंका कार्कीले अभिनय गर्ने भनिए पनि पछि उनको ठाउमा ‘निशा अधिकारी लिएको हो ।यस अघि कलाकारको रुपमा नाम नखुलईएको चलचित्र होस्टेल फिल्ममा नायिका भएर अभिनय गरेकी प्रकिति श्रेष्ठ पनि चलचित्र “आभाष”देखिने भएकी छिन् ।

Namaste Filmy

Read Previous

सलमान खान अभिनीत चलचित्र " किक "को गीत रिलिज (भिडियो सहित )

Read Next

"आगो २"को डबिङ अन्तिम चरणमा ।असोज ३१ गते बाट प्रर्दशनमा आउने