चलचित्र ‘शीशा"को प्रोमो सार्वजनिक (भिडियो सहित)

आर.बि.के. शरद के.सी.को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा”को प्रोमो सार्वजनिक गरिएको छ ।तिस सेकेन्डको सो प्रोमोमा नायक जीवन लुईटेललाई पैसाको लागी जे पनि गर्न तयार हुने भन्ने आरोप लगाईएको छ ।चलचित्रको सो प्रोमो हेर्दा चलचित्र सस्पेन्स थिलर  बनेको अनुमान लगाउन सकिन्छ  ।चलचित्रको केहि समय अघि सार्वजनिक गरिएको ‘मखमली नयन सगै “बोलको गीतले बजारमा राम्रै चर्चा  पाउन सफल भैरहेको छ ।
sisha
साउन २३ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘शीशा”लाई ननस्टप क्रियशनको व्यानरमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गीले मिलेर निर्माण गरेका हुन् । सिक्किमका विभिन्न स्थानहरुमा छायांकन गरिएको फिल्ममा भारतीय फुटबलक पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेतको अभिनय रहेको छ ।चलचित्रमा भाई चुङ्ग भुटियाको अलाबा जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।फिल्ममा तारा थापाको सम्पादन, लक्की सिटौलाको संगीत तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ ।
प्रोमो हेर्नुहोश :

Namaste Filmy

Read Previous

"आगो २"को डबिङ अन्तिम चरणमा ।असोज ३१ गते बाट प्रर्दशनमा आउने

Read Next

"मुखौटा"असफल हुदा पनि सिक्वेल निर्माण गर्ने घोषणा