"मुखौटा"असफल हुदा पनि सिक्वेल निर्माण गर्ने घोषणा

अर्पण थापाले निर्देशन गर्नु भएको चलचित्र “मुखौटा”को सिक्वेल बन्ने भएको छ ।ज्येष्ठ ३० गते बाट प्रदर्शनमा आएको चलचित्र “मुखौटा”ले सोचेको जस्तो सफलता पाउन सकेको थिएन ।करिब १ करोड बजेटमा तयार पारिएको भनिएको यस चलचित्रले पहिलो हप्तामा ग्रस कलेक्शन ५० लाख पनि गर्न सकेको थिएन ।यसरि चलचित्र असफल हुदाहुदै पनि रिफ इन्टरटेन्मेन्टले शनिबार  एक प्रेस विज्ञप्ती जारी गर्दै यस चलचित्रको सिक्वेल निर्माण गरिने घोषणा गरेको छ ।
mukhauta 2
सो प्रेस विज्ञप्ती चलचित्र ” मुखौटा”को समाप्त लेखिएको छैन यसको मतलब चलचित्र अझै बाकी छ भन्दै चलचित्रको बाकी भाग “मुखौटा २ “देखाउने भन्दै चाडै नै चलचित्रको सिक्वेल निर्माण गर्ने बताएका छन् ।रविन श्रेष्ठले निर्माण गरेको चलचित्र “मुखौटा”लाई दर्शक तथा समिक्षक खासै राम्रो न भन्दा पनि चलचित्रको सिक्वेलले चलचित्र नगरीमा सबैलाई अचम्ममा पारिदिएको छ ।चलचित्र बनाउन सुरु गर्ने मिति र कलाकारको छनौट भने तोकिसकेको छैन ।चलचित्र “मुखौटा” राजेश हमाल, सुनिल थापा, रविन तामाङ, दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, प्रशान्त ताम्राकार, निशा अधिकारी र हर्षिका श्रेष्ठ लगायतको कलाकारको अभिनय रहेको थियो ।

Namaste Filmy

Read Previous

चलचित्र ‘शीशा"को प्रोमो सार्वजनिक (भिडियो सहित)

Read Next

डान्स इण्डिया डान्स लिटल मास्टर्सको उपाधि नेपालकी तेरिया मगरले जितिन