डान्स इण्डिया डान्स लिटल मास्टर्सको उपाधि नेपालकी तेरिया मगरले जितिन

शनिबार राती सम्पन्न भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको चर्चित रियालीटी सो डान्स इण्डिया डान्स लिटल मास्टर्सको तेस्रो संस्करणको उपाधि नेपालकी तेरिया मगरले जितेकी छिन् ।
teriya2बुटवल नेपालकी बालिका तेरिया मगरले शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि चुमिके हुन् । प्रतियोगिताको उपाधिसहित तेरियाले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छिन् ।तेरियालाई सबै नेपालीले साथ दिएका थिए । उनलाई जिताउन नेपालबाट अभियान नै संचालन गरिएको थियो । अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन् ।
teriya1मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि हात पारेकी हुन् । डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन् ।प्रतियोगीतामा भारत कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, दोस्रो भइन्, भने भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टे तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन् । सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङपनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए ।
teriya

Namaste Filmy

Read Previous

"मुखौटा"असफल हुदा पनि सिक्वेल निर्माण गर्ने घोषणा

Read Next

‘चिहान’ को रिलिज डेट हेरफेर अब चलचित्र असार 20 गते बाट प्रदर्शनमा आउने