‘चिहान’ को रिलिज डेट हेरफेर अब चलचित्र असार 20 गते बाट प्रदर्शनमा आउने

असार २७ गते बाट प्रदर्शन आउन लागेको चलचित्र ‘चिहान’ कोरिलिज डेट हेरफेर गरिएको छ । नया रिलिज डेट अनुसार अब चलचित्र एक हप्ता अघि अर्थात् असार 20 गते बाट प्रदर्शनमा आउने भएको छ । असार २७ गते रिलिज गर्ने तयारी गरिएको चलचित्र सो डेटमा अरु दुई वटा चलचित्र प्रदर्शनमा आउन लागेकोले चलचित्र ‘चिहान’ एक हप्ता अघि सारिएको चलचित्रका निर्देशक बद्रिकृष्ण श्रेष्ठले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।chihanमायाप्रेम र बिश्वासमा शंकाको चिहानले कसरी जीवनलाई जिउदो लाश बनाउदछ भन्ने विषयबस्तुमा निर्माण गरिएको चलचित्रलाई पुराना निर्देशक बद्रिकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन । श्रेष्ठले यसअघि चलचित्र ‘बाचा बन्धन’ को निर्देशन गरेका थिए ।चलचित्रलाई रमेश थापा र मेनुका श्रेष्ठले निर्माण गरेका हुन । चलचित्रमा निरज बराल, पुजना स्त्री, अनुपा कार्की, अनिल बोम्जन, भवेश पराजुली, चन्दा दाहाल, रविन श्रेष्ठ, उमेश शिवाकोटी लगायतकोकलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा निर्देशक स्वयमले लेखेका हुन । चलचत्रिमा रेखा पौडेलको संगीत रहेको छ भने अष्ट महर्जनको द्धन्द तथा कविराज गहतराजको नृत्य रहेको छ । फिल्मले माया गर्नेले बिश्वास गर्न सक्नुपर्छ र बिश्वास गर्नेले कहिल्यै शंका गर्नु हूदैन भन्ने मुख्य सन्देश बोकेको छ ।
प्रोमो हेर्नुहोश :
 

Namaste Filmy

Read Previous

डान्स इण्डिया डान्स लिटल मास्टर्सको उपाधि नेपालकी तेरिया मगरले जितिन

Read Next

अन्तत: कार्तिक २१ मा 'सरि ल'।