सय करोड क्लबमा अक्षय र सोनाक्षीको 'होलिडे' ।

[dropcap]हि[/dropcap]न्दी फिल्म होलिडे सय करोड क्लबमा प्रवेश गरेका छन । रिलिज भएको दुइ साता पछि फिल्मले सय करोड ग्रस कलेक्सन गरेको हो । फिल्मले रिलिजको १५ औ दिन अर्थात शनिबार १००.३५ करोडको कलेक्सन गरेको रिपोर्ट आएको हो । holiday hindi movieयोसँगै होलिडे बर्ष २०१४ मा सय करोड क्लबमा प्रवेश गर्ने तेस्रो फिल्म बनेको छ । यसअघि सलमान खानको जय हो र अर्जुन कपुर र अलिया भट्टको टु स्टेट्सले सय करोड पार गरिसकेका छन ।
बलिउड खेलाडि अक्षयकुमार र सोनाक्षी सिन्हाको जोडीलाई फिल्ममा हेर्न पाइन्छ । अक्षयकुमारको रौडी राठौर र हाउसफुल २ पछिको उच्च ब्यापार गर्ने फिल्म होलिडे हो ।
यसअघि सुपरडुपर हिट फिल्म गजिनी निर्देशन गरेका निर्देशक एआर मुरुगदास निर्देशित फिल्म होलिडे अझै पनि विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको छ । जसले गर्दा फिल्मको कलेक्सन अझै उच्च हुने अनुमान छ ।

Namaste Filmy

Read Previous

अन्तत: कार्तिक २१ मा 'सरि ल'।

Read Next

हलिउड स्टार जेनिफर र पिटबुलको यो कस्तो सम्बन्ध ?