चलचित्र "मन मनमा 'को गीत सार्वजनिक (भिडियो सहित)

रमेश कोइरालाको निर्देशनमा तयार भएको चलचित्र “मन मनमा ‘को गीत सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको “धेरै पढ्ने गरे” बोलको गीतलाई संगीता रानाको स्वर अर्जुन पोखरेलको संगीत तथा निर्देशक रमेश कोइरालाको शब्दमा तयार पारिएको हो ।
man manma
कमल राईको नुत्य निर्देशन रहेको यो गीतमा स्कुल पढ्ने  बच्चाहरुले “धेरै पढ्ने गरे” भन्दै टिचरले पदाउनु भएको छ ।यसरि बच्चाहरुले  पढ्ने प्रेरित गरिएको सन्देश मुलक गीत भएको चलचित्र “मन मनमा ‘अहिले विभिन्न स्कुलहरुमा बिदार्थी माझ लगेर देखाईएको छ ।केदार दवाडी र तारा सिलवालले मिलेर निर्माण गरिएको यस चलचित्रलाई अहिले काठमाण्डौ विभिन्न स्कुलहरुमा बिदार्थी माझ लगेर देखाउने तयारी गरिएको छ ।चलचित्रलाई यस अघि चितवनका स्कुलहरुमा देखाईएको थियो ।
गीत हेर्नुहोश :

बसन्त सापकोटा ,अर्जुन पोखरेल र लाल श्रेष्ठको संगीत रहेको चलचित्र “मन मनमा ‘मा लाई रामेश्वर हुमागाईले खिचेका हुन् भने कमल राई र कविराज गहतराजको नुत्य,मित्र देव गुरुङको सम्पादन रहेको छ ।चलचित्रमा रिद्दिचरण श्रेष्ठ , प्रदिप गिरि ,रिजा सुगम ,किशोर खड्का ,देवीराम पराजुली (भोक लागो) केदार दवाडी ,धुर्ब कोइराला ,रिचा के.सी. रस्मि भट्ट लगायतको कलाकारको अभिनय रहेको छ । ज्ञान्जोती सिने मकेर्सको ब्यानर निर्माण गरिएको यस चलचित्रमा कथा लेखन केदार दवाडीको रहेको छ भने गीत कृष्ण हरि बराल र रमेश कोइरालाले लेख्नु भएको हो ।

Namaste Filmy

Read Previous

हलिउड स्टार जेनिफर र पिटबुलको यो कस्तो सम्बन्ध ?

Read Next

गुल्मीबाट सुरु भएको थियो तेरियाको कलाकारिता । फोटो फिचर ।