गुल्मीबाट सुरु भएको थियो तेरियाको कलाकारिता । फोटो फिचर ।

[dropcap]भा[/dropcap]रतको जी टिभी बाट प्रसारण हुने रियालिटी शो ‘डान्स इन्डिया डान्स’को उपाधि जिते पछी सर्बत्र चर्चित बनेकी तेरिया मगरको कलाकारिताको शृंखला भने गुल्मीको एक भब्य कार्यक्रम बाट भएको तथ्य फेला परेको छ ।Teriya magar3-inहाल रुपन्देहिको रुद्रपुर घर भएकी तेरियाको परिवारको पुख्यौली घर गुल्मीको ठुलो लुम्पेक वार्ड न. १ मा थियो । गुल्मीको ठुलो लुम्पेक वार्ड नम्बर १ बाट बाट रुपन्देहीको रुद्रपुरमा आइ बसेका तेरियाका परिवार र सिंगो देशलाइ हालै ऐतिहासिक सफलता मिलेको छ । Teriya magar1-inगुल्मीको ठूलो लुम्पेक स्थित एउटा बिद्यालयको कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार राम चन्द्र काफ्ले र उनको श्रीमती जुनु रिजालको प्रेरणा नै आखिर उनको बिजयको आधार बन्यो । राम चन्द्र काफ्लेले तेरियाको प्रतिभा देखेर उनलाई भारतको डी आइ डी प्रतिस्पर्धामा लैजानु पर्छ भनेका रहेछन । Teriya magar2-inतेरिया  अहिले रुपन्देहीकि भनेर चिनिए पनि उनको पुर्खा भने गुल्मीका रहेछन  । उनको यो सफलताको सुरुवात पनि उनकै पुर्ख्यौली घर गुल्मीको ठुलो लुम्पेकबाट नै भएको हो बुझिएको छ ।
तेरिया शनिबार राती डि आइ डी लिटील मास्टरकी विजेता बनेकी थिइन । अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन् ।Teriya magar-in

Photo by: Sunaulonepal.com

Namaste Filmy

Read Previous

चलचित्र "मन मनमा 'को गीत सार्वजनिक (भिडियो सहित)

Read Next

तौल घटाएर 'लीला' बन्दै सन्नी लियोन ।