'एउटा साथी'पछि 'अन्जुली' र 'काल' निर्देशनमा लक्ष्मण ।

[dropcap]फि[/dropcap]ल्म ‘एउटा साथी’बाट निर्देशनमा डेब्यु गरेका सिने पत्रकार लक्ष्मण सुवेदी अन्य दुई प्रोजेक्टमा अनुबन्ध भएका छन । उनले पाख्रिन फिल्मसले निर्माण गर्ने फिल्म ‘काल’ र टेलिफिल्म ‘अञ्जुली’ निर्देशनको जिम्मा लिएका हुन । Laxman Subedi-inफिल्म ‘काल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहुर्त समेत गरिएको छ । फिल्मको कलाकार तथा प्राविधिक फाइनल भैसकेको छैन । तर निर्देशक  सुवेदिले मनमा भने फाइनल भैसकेको बताए । आफ्नो पहिलो फिल्म निर्माण सम्पन्न नहुदै अर्को फिल्म निर्देशनको जिम्मा पाँउदा खुशी लागेको सुवेदीको प्रतिक्रिया थियो । पाख्रिन फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मलाई काले पोखरा र डी बी कार्कीले संयुक्त रुपमा लगानी गर्नेछन ।
त्यस्तै उक्त कार्यक्रममा निर्देशक सुवेदीकै निर्देशन रहने टेलिफिल्म ‘अञ्जुली’को पनि घोषण गरियो । यो टेलिफिल्मलाई पनि पाख्रिन फिल्मसको ब्यानरमा काले पोखरा  सहित अन्य केहि ब्यक्तिहरुले लगानी गर्नेछन । टेलिफिल्ममा चर्चित कलाकारहरु नीर शाह, लक्ष्मी गिरी, केशब भट्टराई, आयुस्मान कार्की, सोम लामा लगायतको अभिनय रहने छ । पारिवारिक कथाबस्तु समेटिने टेलिफिल्म आउदो दशैपछि टेलिभिजनमा प्रसारण हुनेछ । टेलिफिल्मको छयांकन भने आउदो सोमबारबाट सुरु गरिनेछ ।

Namaste Filmy

Read Previous

तौल घटाएर 'लीला' बन्दै सन्नी लियोन ।

Read Next

हिन्दी फिल्म निर्देशनमा नायक निखिल उप्रेती ।