हिन्दी फिल्म निर्देशनमा नायक निखिल उप्रेती ।

Nikhil-Upreti-in-Hindi-Movie-Bollywood-Commitment[dropcap]ने[/dropcap]पाली फिल्म उद्योगमा एक्सन नायकको छवि बनाइसकेका नायक निखिल उप्रेतीले हिन्दी फिल्म निर्देशन गर्ने भएका छन । उनले निर्देशन गर्ने फिल्मको नाम ‘एन टु एम’ अर्थात ‘नेपालदेखि मुम्बइसम्म’ राखिएको छ । नायक तथा निर्देशक निखिल उप्रेतीका अनुसार नेपालदेखि मुम्बइसम्मको यात्रालाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्ममा निखिल स्वयमको प्रमुख भुमिका रहनेछ भने उनको अलवा बलिउड टिभी अभिनेत्री सिना बजाज र अन्य विभिन्न बलिउड कलाकारहरुको अभिनय रहनेछ ।
फिल्म निर्देशनको योजना लामो समयअघि सार्वजनिक गरिए तापनि निखिलले फिल्मको नाम भने सार्वजनिक गरेका थिएनन । कलाकारहरुको समय नमिलेर छयांकनमा जान नसकेको फिल्म ‘एन टु एम’ आउदो जुलाईसम्ममा भने फ्लोरमा गइसक्ने निखिलको भनाई छ । फिल्मको छयांकन नेपाल, मुम्बई, थाइल्यान्ड लगायतका स्थानमा छयांकन गरिनेछ । रिलायन्स कम्पनीले वितरण गर्ने फिल्ममा रतन दरुवालले लगानी गर्दैछन ।

Namaste Filmy

Read Previous

'एउटा साथी'पछि 'अन्जुली' र 'काल' निर्देशनमा लक्ष्मण ।

Read Next

फिल्म 'सरी ल' को बि-बोइङ डान्स हेर्नुहोस। भिडियो ।