फिल्म 'सरी ल' को बि-बोइङ डान्स हेर्नुहोस। भिडियो ।

[dropcap]रि[/dropcap]लिज मिति फाइनल भएलगतै फिल्म ‘सरी ल’ को एक बि बोइङ गीत सार्वजनिक गरिएको छ । गीतमा थुप्रै टिनएजरर्स कलाकारहरुको बी बोइङ कला प्रस्तुत गरिएको छ । ‘गेट डाउन’ टाइटलको गीतमा यमबुद्धले अवाज दिएका छन भने मानस को फिचरिङ छ । त्यस्तै शब्द संगीत भने शैलेश श्रेष्ठको रहेको छ । गीतमा केहि नयाँ र फरकपनको अनुभव गर्न सकिन्छ । Sory la b boing-inअन्जु केसीको प्रस्तुतिमा निर्मित फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन । फिल्मलाई कृष्णबहादुर महर्जन दास ले निर्माण गरेका हुन । फिल्ममा सुवास थापा, अनिता आचार्य र राजन खतिवडा लगायतको अभिनय रहेको छ । यसअघि फिल्मको शिर्ष गीत सार्वजनिक भैसकेको छ । उक्त गीतलाई दर्शकले रुचाइसकेको र अब यो नयाँ गीतलाई पनि रुचाउनेमा फिल्म निर्माण टोली आशावादी छन । फिल्मको सार्वजनिक प्रदर्शन मिति भने अगामी कातिक २१ लाई तोकिएको छ ।

भिडियो हेर्नुहोस:

Namaste Filmy

Read Previous

हिन्दी फिल्म निर्देशनमा नायक निखिल उप्रेती ।

Read Next

नरगिस फाखरी र उदय चोपडा बीच ब्रेकअप ।