नरगिस फाखरी र उदय चोपडा बीच ब्रेकअप ।

[dropcap]बे[/dropcap]लाबेलामा चर्चा पाइरहने बलिउड हट नायिका नरगिस फाखरी र अभिनेता उदय चोपडाबीचको प्रेम टुङिगएको छ । यी दुईको सम्बन्धको बिषयमा बलिउड बेलाबेला मा तातिने गरेको थियो । तर दुवैले एक अर्कालाई नचाहने बताउदै सार्वजनिक रुपमै अभिब्यक्ति दिएपछि ब्रेकअप भएको प्रस्ट भएको हो । nargis fakhri and uday chopdaयसरी अलग्गिनुमा नरगिस र उदयबीच बढदै गएको दुरी मुख्य कारण भएको उनीहरु निकट ब्यक्तिहरुको भनाई छ । स्रोतका अनुसार नरगिस आफ्नो करियरलाई ध्यान दिएर स्थापित हुन चाहन्छिन तर उदय सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्थे । यसरी एकअर्काको चाहना नमिलेपछि यी दुई अलग्गिने निर्णय गरेका हुन ।
यसअघि उदय र नरगिस गहिरो प्रेममा रहेको अनुमान पुरै बलिउडले गरेको थियो । उनीहरु बिकनी लगाएर छुट्टी मनाउदै गरेका उत्तेजक तस्वीरहरु सामजिक सञ्जालमा सार्वजनिक भएका थिए । त्यति मात्र हैन, उदयले नरगिस अंकित कपमा कफि पिएको तस्वीरले पनि यी दुईको सम्बन्धमा अझ प्रेम झल्काएको थियो । त्यस्तै उदयले नरगिसप्रति समर्पित विभिन्न ट्वीटहरु पनि गर्ने गर्दथे । तर केहि समय पहिले नरगिसले भने उदय रमाइलो खालको फन्नी ब्यक्ति भएको र आफुहरु सिर्फ साथी मात्र रहेको बताएकी थिइन ।

Namaste Filmy

Read Previous

फिल्म 'सरी ल' को बि-बोइङ डान्स हेर्नुहोस। भिडियो ।

Read Next

संयमलाई देखे पछि प्रियंकालाई चढ्यो ‘कक्टेल जवानी’ (भिडियो सहित )