संयमलाई देखे पछि प्रियंकालाई चढ्यो ‘कक्टेल जवानी’ (भिडियो सहित )

श्रावन २ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुन्टे परेड’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘कक्टेल जवानी’ बोलको गीतमा प्रियंका कार्की, संयम पुरी,निलूं , सरोज र सब्बु बलामी लगायतका कलाकारलाई प्रस्तुत गरिएको छ ।
punte paredशाहीमा श्रेष्ठ र राजन इशानको स्वर रहेको सो गीतको शब्द संजय अधिकारीले लेखेका हुन् भने सगीत टेक नन्द लामाको रहेको छ । चलचित्र ‘आवरण’ मा गीत गएर चर्चामा आएकी नायिका प्रियंका कार्कीले ‘पुन्टे परेड’ यस गीतमा भने कोरियोग्राफी गरेकी छिन् ।सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्र ‘पुन्टे परेड’लाई साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा.लि .ब्यानरमा सुरज कोइराला , अनिल अधिकारी र हरि महतले मिलेर निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोस:

संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , रबिन्द्र खड्का , गीता अधिकारि , नाजिर हुसेन , सरोज श्रेष्ठ , स्वेता थापा लगायतको अभिनय रहेको यस चलचित्रमा प्रियंका कार्की बिशेष भूमिकामा देखिदै छिन् ।निलु डोमा शेर्पाको परिकल्पना रहेको फिल्मको कथा ,पटकथा तथा संबाद शान बस्न्यातले लेखेका हुन भने संगीत ताराप्रकास लिम्बु र टेक नन्द लामाको ,छायांकन बाबु श्रेष्ठको , सम्पादन उजवल ढकालको रहेको छ ।

Namaste Filmy

Read Previous

नरगिस फाखरी र उदय चोपडा बीच ब्रेकअप ।

Read Next

"तथास्तु’को छायांकन सुरु ‘हिम्मतवाली’ नायिका रेखा शिर्ष भूमिकामा