"तथास्तु’को छायांकन सुरु ‘हिम्मतवाली’ नायिका रेखा शिर्ष भूमिकामा

सविर श्रेष्ठको निर्देशन रहने चलचित्र “तथास्तु’को छायांकन सुरु गरिएको छ ।अभिनेत्री रेखा थापाको शिर्ष भूमिका रहेको चलचित्र ‘तथास्तु’को सोमबार बाट बुढानिलकण्डस्थित मह स्टुडियोबाट छायाँकन सुरु गरिएको हो ।
ccc
रेखाफिल्मस्को ‘कसले चोर्यो मेरो मन’र ‘काली’ जस्तो व्यावसायिक सफल फिल्म निर्देशन गरेका सविरले चलचित्र “तथास्तु’लाई आफैले निर्माण गर्न लागेका हुन् ।चलचित्र “तथास्तु’को पहिलो दिनको सुटिंग सेटमा ‘हिम्मतवाली’ नायिका रेखा थापाले पहिलो सट दिएकी थिईन।चलचित्रमा रेखाको अलाबा किशोर खतिवडा, सुवास थापा र नव कलाकार विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।
unnamed
रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ ।काठमाण्डौ र कालिञ्चोकमा छायांकन गरिने यस चलचित्रको सुटिंग ३५ दिनमा सकिने चलचित्रका निर्माता तथा निर्देशक सविर श्रेष्ठले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।चलचित्र “तथास्तु’लाई माघे संघ्रान्तीमा रिलिजको लक्ष्य राखिएको छ ।

Namaste Filmy

Read Previous

संयमलाई देखे पछि प्रियंकालाई चढ्यो ‘कक्टेल जवानी’ (भिडियो सहित )

Read Next

रोपाँई गर्दै पिरतीको गीत गाए 'तक्मे बुढा'ले । भिडियो ।