रोपाँई गर्दै पिरतीको गीत गाए 'तक्मे बुढा'ले । भिडियो ।

[dropcap][/dropcap]सारको महिना छ । सबैलाई रोपाईको चटारो परिसकेको छ । गाँऊ शहरमा असारे भाका तथा रोपाँईका गीतहरु घन्किन थालिसकेका छन । यसैबीच चर्चित हास्यकलाकार ‘तक्मे बुढा’ उर्फ विल्सन बिक्रम राईले हिलो खेल्दै माया पिरतीको गीत गाएका छन ।Takme budha-in उनले ‘पानी पानी’ बोलको रमाइलो गीत स्रोता तथा दर्शकमाझ ल्याएका हुन । तक्मे स्वयमको स्वर, शब्द तथा सँगीत रहेको गीतमा धान रोपाईका बिषय सँगै माया पिरतीलाई पनि समेटिएको छ । गीतको भिडियोमा तक्मे बुढा स्वयमले कमेडी अभिनय गरेका छन भने उनलाई सुस्मा राई लगायतका अन्य कलाकारले साथ दिएका छन । भिडियोमा थप मनोरञ्जन दिनका लागी विभिन्न संवादहरुसमेत राखिएको छ । अर्का चर्चित हास्य कलाकार प्रकाश ओझाले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन ।
टेलिफिल्म तथा फिल्म दुवैमा आफुलाई स्थापित गराइसकेका तक्मे बुढाले यो रमाइलो गीतलाई स्रोता दर्शकले अत्याधिक रुचाउने बिश्वास ब्यक्त गरे ।

हेर्नुहोस भिडियो :

Namaste Filmy

Read Previous

"तथास्तु’को छायांकन सुरु ‘हिम्मतवाली’ नायिका रेखा शिर्ष भूमिकामा

Read Next

करिश्मालाई लिएर 'हिरोज' पोखरामा । फोटो फिचर ।