हनिमुन मनाउन पोखरा उडे महानायक हमाल ।

[dropcap]वि[/dropcap]वाहपछि अत्यन्त ब्यस्त बनेका महानायक राजेश हमाललाई बल्ल फुर्सद मिलेको छ । अर्थात महानायकले बल्ल हनिमुनको लागी समय निकालेका छन । श्रीमति मधु भट्टराईसँगको वैवाहिक बन्धनपछि अष्ट्रेलिया हानिएका हमालको हनिमुन स्थल भने सुन्दर पर्यटकिय नगरी पोखरा भएको बताइन्छ । हमाल जोडी हनिमुनको लागी मंगलबार पोखरा उडेको छ । प्लेनको सीटमा बसेको आफुहरुको सेल्फी तस्वीर फेसबुकमा अपलोड गर्दै हमालले हनिमुनको लागी निस्किएको संकेत दिएको हो ।Rajesh hamal-in-honeymoon हमालको हनिमुन स्थल पोखरा बताइएपनि पोखराको कुन स्थानमा रहनेछन खुलाइएको छैन । हनिमुनको क्रममा हमाल जोडी कहाँ कहाँ पुग्नेछन भन्ने बारेमा पनि सबै कुरा गोप्य राखिएको छ । स्रोतका अनुसार हमाल जोडी अन्नपुर्ण संरक्षण क्षेत्रमा बस्न सक्ने भएपनि निश्चित भने नभएको बताइएको छ ।
यसअघि हमालको हनिमुन अमेरिकामा हुने बताइएको थियो । एएनए सम्मेलनमा अतिथिको रुपमा सहभागी हुदै हमालले मधुलाई पनि अमेरिका भ्रमणमा लाने योजना बनाएका थिए । तर मधुको भिसा प्रक्रियामा ढिलाई भएपछि हमाल जोडीले पोखरामा हनिमुन मनाउने निर्णय गरेको हो । उता एएनए सम्मेलनमा भने हमाल सहभागी नभएपछि चर्चित गायक राजेशपायल राई र अभिनेत्री मनिषा कोइराला अतिथिको रुपमा पुगेका छन ।

Namaste Filmy

Read Previous

करिश्मालाई लिएर 'हिरोज' पोखरामा । फोटो फिचर ।

Read Next

सलमानले नायिकासँग खुलेआम कीस मागेपछि ।