इन्दिरा जोशीलाई लक्षु निरौला स्टेरीङले मात्रै भएको बसमा लईजाने तयारीमा (फोटो फिचर )

म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’ सोचे जस्तो नचले पछि पौडेलले पुन म्युजिक भिडियो ब्यस्त हुन थालेका छन् ।निर्देशक प्रसन्न पौडेलले चर्चित पप गायिका इन्दिरा जोशी र गायक लक्षु निरौलाको युगल गित ‘रक्सि गिलिन्मा’को म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
indira1
शनिबार गोदावारीको केबी स्टुडियोमा म्युजिक भिडियोको छायांकन गरिएको छ ।डान्सिङ परको यस गीतको शब्द तथा एरेन्ज महेश ज्ञवालीको रहेको छ । निर्देशक पौडेलले म्युजिक भिडियोमा गायिका जोशीलाई उत्तमा क्रियसनको कस्टुममा निकै आकर्षक र सेक्सी तरिकाले प्रस्तुत गरेका छन् भने गायक निरौलालाई कमेडी बेसमा उतारेका छन् ।बिदुर पाण्डेको छायांकन रहेको म्युजिक भिडियो एक महिना भित्रै सार्बजनिक गरिने निर्देशक पौडेलले बताए ।
indira

Namaste Filmy

Read Previous

सलमानले नायिकासँग खुलेआम कीस मागेपछि ।

Read Next

'जिन्दाबाद'को नाम परिवर्तन गरेर 'सम्बोधन' । फस्टलुक पोस्टर रिलिज