'जिन्दाबाद'को नाम परिवर्तन गरेर 'सम्बोधन' । फस्टलुक पोस्टर रिलिज

‘होस्टल’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक हेमराज बिसीले निर्देशन गरेको चलचित्र ‘जिन्दाबाद’को नाम परिवर्तन गरिएको छ । भाद्र ६ गते रिलिज गर्ने तयारीमा रहेको बेला यसरी चलचित्रको नाम नै परिवर्तन गरिएको छ । अब भने चलचित्रको नाम ‘सम्बोधन’ राखिएको छ ।
sambodanराजनैतीकमा बढी प्रयोग हुने शब्द भएर ‘जिन्दाबाद’ कतै दर्शक राजनीति फिल्म भनेर हेर्न न आउने डरले फिल्मको नाम परिवर्तन गरिएको स्रोतको दाबी छ । तर चलचित्रका निर्देशकले भने राजनीतिको कथा नउठाएको हुनाले गलत संदेश नजाओस् भनेर नाम परिवर्तन गरिएको बताएका छन् ।चलचित्रको नाम सगै फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ ।थ्रीलर भनिएको चलचित्र ‘सम्बोधन’मा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्टको मुख्य अभिनय रहेको छ । सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ ।

Namaste Filmy

Read Previous

इन्दिरा जोशीलाई लक्षु निरौला स्टेरीङले मात्रै भएको बसमा लईजाने तयारीमा (फोटो फिचर )

Read Next

‘यो कथा हो तिम्रो मेरो' अडियो विमोचन ।सुमनले पाउलान त् सफलता ?