‘यो कथा हो तिम्रो मेरो' अडियो विमोचन ।सुमनले पाउलान त् सफलता ?

भाद्र १३ गते रिलिज गर्ने तयारीमा रहेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ मंगलबार राजधानीमा चलचित्रको अडियो विमोचन गरियो । द फ्रेम क्रियशन प्रालीको व्यानरमा निर्माण भएको यो चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका हुन् । फिल्मको प्रेस मिट कार्यक्रममा अडियो विमोचनसँगै भिडियो गीत तथा प्रोमो पनि सार्वजनिक गरिएको थियो ।
yo katha timro mero 1चलचित्रका गीतहरुमा गणेश सुवेदी, शंकर अधिकारी ‘घायल’ र रवि कार्कीको शब्द रहेको छ भने राजेश पायल राई, रजिना रिमाल, दीपक लिम्बु, शिव परियार, मनिषा पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ ।चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, गणेश उप्रेती, रुपा राना, विमला गिरी, ओम प्रतिक लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा बिकास चौधरीको संगीत,निर्देशक ओम प्रतिककै लेखन,रामेश कुमार राईको कथा, रोशन श्रेष्ठको द्धन्द निर्देशन, सुरेश बज्रचार्यको छायांकन रहेको छ ।निर्देशक ओम प्रतीकले यस चलचित्रलाई रोम्यान्टिक पारिवारिक कथा भनेका छन् । चलचित्र ‘यो कथा हो तिम्रो मेरो’लाई राम वुढाथोकी,निल हेक्का र रमेश प्रजापतीले मिलेर निर्माण गरेका हुन् ।
yo katha timro meroचलचित्रमा प्रेममा हुने त्याग, समर्पण र बलिदानीको कथालाई प्रस्तुत गरिएको छ भने अभिनेता सुमन सिंहलाई यस चलचित्रबाट आफू निकै आशावादी रहेको बताएका छन् ।सरल र सोजो मानिने नायक सुमन सिंह थुप्रै चलचित्रमा अभिनय गरे पनि अहिले सम्म उनले अभिनय गरेका चलचित्र तेती सफलता हुन सकेका छैन् ।चलचित्र नगरीमा जम्नको लागि नायक सुमन सिंह एउटा सफल चलचित्रको खोजेमा रहेको बेला कतै यो चलचित्रले सुमनको तो खोज पुरा गर्छ त् यसको लागि भाद्र १३ गते नै कुर्नु पर्ने हुन्छ।

Namaste Filmy

Read Previous

'जिन्दाबाद'को नाम परिवर्तन गरेर 'सम्बोधन' । फस्टलुक पोस्टर रिलिज

Read Next

हङकङमा हुने नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक