हङकङमा हुने नेफ्टा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

नेपाल चलचित्र प्राविधिक संघले बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि हङकङमा आयोजना हुने भनिएको ७ औं संस्करणको नेफ्टा अवार्डको उत्कृष्ट पाँच प्रतिस्पर्धीको मनोनयन सार्वजनिक गरिएको छ । नेफ्टाले आयोजना गरेको अवार्डको उत्कृष्ट पाँच फिल्मको मनोनयनमा ‘धन्दा’, ‘होस्टेल’, ‘मोक्ष’, ‘मौन’ र ‘रिदम’ फिल्म परेका छन् ।निर्देशकहरुमा सुरज सुब्बा नाल्बो ‘बितेका पल’, मनोज पण्डित ‘बधशाला’, दिनेश डिसी ‘छ एकान छ’, सुदर्शन थापा ‘धन्दा’ र विकास आचार्य ‘रिदम’बाट उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।
nefta1उत्कृष्ट अभिनेतामा अर्पण थापा ‘मौन’ र ‘धन्दा’ ,’फिटकिरी’बाट सौगात मल्ल, ‘महसुश’बाट आर्यन सिग्देल र ‘रिदम’बाट जीवन लुईटेल उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन् ।तेस्तै उत्कृष्ट अभिनेत्रीतर्फ केकी अधिकारी ‘बितेका पल’, निता ढुङ्गाना ‘छ एकान छ’, रेखा थापा ‘काली’, नम्रता श्रेष्ठ ‘मौन’ र ऋचा शर्मा ‘उमा’ पाँच मनोनयनमा परेका छन् । उत्कृष्ट कथाको मनोनयनमा ‘अन्तराल’ फिल्मबाट अभिमन्यु निरवी, ‘धन्दा’बाट अर्पण थापा, ‘मौन’बाट नविन गौली, ‘रिदम’बाट विकास आचार्य र ‘सुनगाभा’बाट सुवर्ण थापा परेका छन् । उत्कृष्ट संवादमा दिपकराज गिरी, नयनराज पाण्डे, विकास अचार्य, विनोद पौडेल र प्रचण्डमान श्रेष्ठको मनोनयन छ । ड्रेस डिजाइनरतर्फ सानु भारती, सुशिला जोशी, निलिमा शर्मा, उजला कपाली तथा बिना घले र तेन्जिङ छेतेन भुटिया उत्कृष्ट पाच मनोनयनमा छन् । नृत्य निर्देशकतर्फ शंकर विसी, कविराज गहतराज, हिमग्याप टासी, गोविन्द राई र रेनेशा वान्तवा राई उत्कृष्ट पाँच मनोनयनमा परेका छन भने द्धन्द्ध निर्देशनको मनोनयनमा शंकर महर्जन, चन्द्र पन्त, अष्ट महर्जन, रोशन श्रेष्ठ र हिमालको नाम छ । विपिन मल्ल, निमेष श्रेष्ठ, सुरेन्द्र पौडेल, लोकेश बज्राचार्य र अर्जुन जिसी उत्कृष्ट पाँच सम्पादनतर्फको मनोनयनमा छन् ।
neftaछायाँकनतर्फ शैलेन्द्र डि कार्की, पुरुषोत्तम प्रधान, संजय लामा, हरी हुमागाइँ र सुशान प्रजापती उत्कृष्ट पाँचमा परेका छन् । संगीतकारमा बसन्त सापकोटा ‘रिदम’, ‘नोटवुक’ र ‘काली’ गरी तीन फिल्मबाट मनोनयनमा परेका छन भने सुरेश गैरे, रोशन लामा पनि उत्कृष्ट पाँचमा छन् । उत्कृष्ट नव निर्देशकको मनोनयनमा दिपा बस्नेत ‘अन्तराल’, हेमराज विसी ‘होस्टेल’ आसिफ शाह ‘कर्कश’, सुरज भुषाल ‘मौन’ र प्रविन श्रेष्ठ ‘मोक्ष’ पाँच प्रतिस्पर्धामा छन् । नव अभिनेतातर्फ ‘वितेका पल’ फिल्मबाट अभिनाश गुरुङ, ‘होस्टेल’ बाट अनमोल केसी, ‘मञ्जरी’बाट गौरव पहारी, ‘मोक्ष’बाट कोसिस क्षेत्री र ‘प्रोड्युसर’बाट श्याम अर्याल उत्कृष्ट पाँचको मनोनयनमा छन् । नव अभिनेत्रीमा भने फिल्म ‘होस्टेल’बाट प्रकृती श्रेष्ठ, ‘मधुमास’ पूजा शर्मा, ‘मञ्जरी’बाट सुजाता कोइराला, ‘रङ’बाट दर्शन शाही र ‘ऋतु’बाट मलिना जोशी उत्कृष्ट पाँचको मनोनयनमा छन् ।सह-अभिनेतातर्फ फिल्म ‘आधी बाटो’बाट सविन श्रेष्ठ, ‘अन्तराल’बाट कमलमणी नेपाल, ‘छ एकान छ’बाट सन्दिप क्षेत्री, ‘पद्मीनी’बाट सुनिलदत्त पाण्डे र ‘उमा’बाट प्रदिप खतिवडा उत्कृष्ट पाँचको मनोनयमा छन् । सह-अभिनेत्रीतर्फ ‘अन्तराल’बाट अशिष्मा नकर्मी, ‘नाईं नभन्नू ल २’बाट प्रियंका कार्की, ‘पद्मीनी’बाट सरिता गिरी, ‘पराई’बाट नन्दिता केसी र ‘ऋतु’बाट रिमा विश्वकर्मा उत्कृष्ट पाँचको मनोनयनमा छन् ।
nefta2चरित्र कलाकार पुरुषतर्फको मनोनयनमा शैलेश आचार्य, शेखर चापागाइँ, केवश भट्टराई, लक्ष्मीनाथ शर्मा र दयाहाङ राईको नाम छ भने महिलातर्फ हिउँवाला गौतम, सृजना बस्नेत, रश्मी भट्ट, अरुणा कार्की, मिथिला शर्मा छन् । उत्कृष्ट खलपात्रको मनोनयनमा राजवल्लभ कोइराला, झरना थापा, सुमन सिंह, मनोज आरसी र देवु श्रेष्ठ छन् । ‘रिदम’ र ‘नाईं नभन्नू ल २’ गरी दुई फिल्मबाट अनुभव रेग्मी उत्कृष्ट बाल कलाकारको मनोनयमा परेका छन भने ‘नाईं नभन्नू ल २’बाटै सुज्ञानी भट्टराई, ‘पराई’ फिल्मबाट सुजल केसी र ‘मञ्जरी’ फिल्मबाट सुजल थापा बाल कलाकारको मनोनयनमा परेका छन् । हाँस्य कलाकारतर्फ सिताराम कट्टेल, केदार घिमिरे, विष्णु सापकोटा, रेशम फिरिरी र विल्सन विक्रम राई उत्कृष्ट पाँचको मनोनयनमा छन् । पुरुष गायनतर्फ सुरेन्द्रमान सिंह, सनुप पौडेल, संजिव सिंह, प्रेम परियार र स्वरुपराज आचार्य मनोनयनमा परेका छन् भने महिला गायनमा प्रकृती गिरी, दुर्गा परियार, मिलन अमात्य, रजिना रिमाल र श्रेया घोषाल मनोनयनमा छन् ।
हङकङमा चाडै नै कार्यक्रम गरी आयोजकले अवार्ड वितरण गर्नेछ । जसका लागि आयोजक टोली केही दिनमै हङकङ पुग्नेछ । दर्शकले एसएमएस मार्फत मनपर्ने कलाकारलार्ई भोट गर्न सक्नेछन् । कार्यक्रममा आयोजकले केक समेत काटेको थियो । कार्यक्रममा पुगेका नायिका, जुरी र आयोजकले संयुक्त रुपमा केक काटे । अध्यक्ष मनोज केसी र महा–सचिव अनन्त तिमिल्सिना, उपाध्यक्ष पुष्कर लामाले अवार्ड बिषयमा आफ्ना धारणा राखेका थिए ।केही समय पश्चात पोखरामा उत्कृष्ट ५ मा पर्न सफल चलचित्रकर्मीलाई लगेर आयोजकले अन्तिम ३ को घोषणा गर्ने जनाएको छ । अन्तिम ३ मा पर्न सफल चलचित्रकर्मी हङकङमा आयोजना हुने अवार्डमा सहभागी हुनेछन् ।

Namaste Filmy

Read Previous

‘यो कथा हो तिम्रो मेरो' अडियो विमोचन ।सुमनले पाउलान त् सफलता ?

Read Next

'स्टुपिड मन'को प्रिमियर अमेरिकामा हुने